५ जेष्ठ २०८१, शनिबार

शुल्क वृद्धि फिर्ता नभएसम्म अनशन जारी राख्ने ४ विद्यार्थी संगठनकाे चेतावनी

0

काठमाडौं: त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (IOE) डीनको कार्यालय पुल्चोकले BE/B-Arch अध्ययनको लागि शैक्षिक शुल्क वृद्धि गरेको विरोधमा समाजवादी मोर्चा निकट ४ विद्यार्थी संगठनले आजबाट आमरण अनसन सुरु गरेका छन् ।
यहीँ श्रावण २५ गते IOE ले BE/-Arch को शुल्क २ लाख ८० हजारबाट वृद्धि गरेर ७ लाख ७५ हजार बनाउने निर्णय गरेको विरोधमा आमरण अनसन सुरु गरेका हुन् । ।
IOE ले शुल्क वृद्धि निर्णय गरेपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लगायत समाजवादी मोर्चा नेपाल निकटका विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), अनेरास्वियू,समाजवादी विद्यार्थी युनियन नेपाल लगायत संगठनका अध्यक्षहरुले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल वृद्धि गरिएको शुल्क फिर्ता लिन चेतावनी दिएका थिए । हिजो ९ गते समाजवादी मोर्चा निकट ४ विद्यार्थी संगठनका अध्यक्षले शुल्क फिर्ता नलिए आमरण अनशन बस्ने चेतावनी सहित विज्ञप्ति जारी गरेका थिए ।
शान्तिपूर्ण रुपमा शुल्क वृद्धि फिर्ता लिन आग्रह गर्दा IOE बेखबर बनेकाले दबाब सिर्जना गर्न आमरण अनशनको आयोजना गरिएको अखिल (क्रान्तिकारी) त्रिवि ब्यूरो इन्चार्ज अनिल सीले बताए ।
त्रिवि IOE डीनको कार्यालयमा आमरण अनशन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश सीले नेपालमा नियोजित रुपमा माफियाहरुको डिजाइनमा प्राविधिक शिक्षालाई धरासायी बनाएको भन्दै शैक्षिक माफिया तथा दलालहरुको डिजाइन विरुद्ध एक भएर लड्नु पर्ने आजको आवश्यकता रहेको बताए । IOE ले गरेको शुल्क वृद्धि खारेज नगरे आमरण अनशन जारी राख्ने र थप संघर्षका कार्यक्रम गरेर आफियाहरुलाई लखेट्ने चेतावनी दिए । साथै अनशनमा बसेका विद्यार्थी नेताहरुलाई धन्यवाद दिदै हतोत्साहित नभएर बस्न सल्लाह दिए ।


कार्यक्रममा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले त्रिविका उपकुलपतिले त्रिभुवन विश्वविद्यालयलाई ध्वस्त बनाएको भन्दै तत्काल शुल्क वृद्धि फिर्ता गर्न चेतावनी दिए । शुल्क वृद्धिमा सरकारको प्रधानमन्त्री तथा त्रिविका कुलपति प्रचण्ड पनि गम्भीर बन्नु पर्ने बताए ।
यस्तै समाजवादी युनियनका अध्यक्ष रमेश यादवले तत्काल वृद्धि गरेको शुल्क फिर्ता नलिए कडा आन्दोलन गर्ने र अनशन जारी राख्ने चेतावनी दिए ।
अनशन बसेका अखिल (क्रान्तिकारी) का उपाध्यक्ष केशव रावलले शुल्क वृद्धि फिर्ता नभएसम्म अनशन जारी राख्ने बताए । यस्तै अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेम सीले शुल्क वृद्धि फिर्ता नहुदासम्म अनशन बस्ने चेतावनी दिए ।
इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालय अगाडि अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष केशव रावल, विप्लव निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेम सी, समाजवादी विद्यार्थी युनियनको तर्फबाट संगठनका उपमहासचिव रसना यादव आमरण अनशन बसेको अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय ब्यूरो इन्चार्ज अनिल सीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।