९ कार्तिक २०८१, शुक्रबार

राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध हेटौंडामा संयुक्त विरोध प्रदर्शन

0

मकवानपुर: विभिन्न चार दलले आज हेटौंडामा राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध संयुक्त विरोध प्रदर्शन कार्यक्रम गरेका छन् । कार्यक्रममार्फत राष्ट्रको हित विपरीत रहेको एमसीसी सम्झौता परियोजना आगामी पाँच वर्षभित्र कार्यन्वयन गरि सक्ने सहमतिमा हस्ताक्षर नगर्न खबरदारी गरेको छ ।

 

र्‍यालीसहित भएको विरोध प्रदर्शन कार्यक्रम बुद्धचोकबाट कान्तिराजपथ, स्कुलरोड सिमाचोक हुँदै पुन: बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको हो । कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष एवम् नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका जिल्ला सदस्य सुर्य सीले सम्पूर्ण राष्ट्रप्रेमी तथा देशभक्त पार्टी, संगठन संघसंस्था र आम नेपाली जनताको खबरदारीलाई अटेर गर्दै संसदबाट जबर्जस्त पास गरिएको एमसिसी सम्झौता राष्ट्रघाती, जनघाती र स्वार्थपूर्ण साम्राज्यवादी षड्यन्त्रको जाल भएको बताए । त्यस्तै साम्राज्यवादी तत्वले नेपाली जनतालाई जातजाती र धर्मको नाममा एक आपसमा लडाएर एमसिसी सम्झौता लागू गराउन खोजिएको हुँदा गृहकलह गर्नुको साटो राष्ट्रिय स्वाधिनताको रक्षाका लागि वैदेशिक हस्तक्षेपको विरुद्ध एकजुट भई आवाज उठाउन अपिल गरेका छन् । साथै उनले आगामी पाँच वर्षभित्र एमसिसी परियोजना कार्यन्वयन गरिसक्ने सहमतिमा हस्ताक्षर धस्काउन होइन एमसिसी सम्झौता खारेज गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

दिउँसो तीन बजे भएको कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रिय सचिवालय सदस्य तथा मकवानपुरका इन्चार्ज गगनले कार्यक्रमको सम्बोधन गर्दै कुनै पनि हालतमा एमसिसी सम्झौता परियोजना कार्यन्वयन गर्न नदिने बताए । उनले सहयोगको बहानामा नेपाल प्रवेश गरि युगौँदेखिको नेपालको राष्ट्रियता भत्काएर मिनि अमेरिका निर्माण गर्न खोजिएको साम्राज्यवादी योजनालाई खारानी बनाई छड्नुपर्ने बताए ।

बुधबार दिउँसो भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक माननाथ र वैज्ञानिक समाजवादी पार्टी नेपालका जिल्ला सदस्य सुदिपले पनि सम्बोधन गरेका छन् । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला सेक्रेटरी अन्जनाले गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।