८ कार्तिक २०८१, बिहीबार

त्रि.वि. IOE ले वृद्धि गरेको शुल्क फिर्ता, आजै अनशन लगायतका कार्यक्रम स्थगित

0

काठमाडौं: त्रि.वि. IOE ले वृद्धि गरेको शुल्क फिर्ता भएपछि आजै अनशन लगायतका कार्यक्रम स्थगित भएको छ ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (IOE)ले आंगिक क्याम्पस हरुमा स्नातक तह BE/B-Arch को अध्ययनका लागि (IOE) ले यहीँ श्रावण २५ गते स्नातक तह BE/B-Arch को शैक्षिक शुल्क ४४% अर्थात ३ लाख १८ हजारबाट वृद्धि गरेर ७ लाख ७५ हजार बनाउने निर्णय गरेको थियो ।
त्यसपछि उक्त निर्णय खारेज गर्नुपर्ने अर्थात IOE ले तत्काल वृद्धि गरेको शुल्क फिर्ता गर्नुपर्ने मागसहित समाजवादी मोर्चा नेपाल निकट ४ विद्यार्थी संगठनहरुले विभिन्न चरणबद्ध संघर्ष गर्दै आएका थिए ।


यहीँ भदै १० गतेबाट इन्जिनियरिङ अध्ययन संस्थान (IOE) डीन को कार्यालय पुल्चोक ललितपुरमा समाजवादी निकट ४ विद्यार्थी संगठनहरु विप्लव नेकपा निकट अखिल (क्रान्तिकारी), नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू, जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन नेपालका नेता हरुले आमरण अनशन सुरु गरेको थिए ।
हिजो अनशनको तेस्रो दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी पुगेर आफुले शुल्क वृद्धि खारेज गर्न सक्दो पहल गर्ने बताएका थिए ।
आज विहान समाजवादी मोर्चा नेपालको बैठकमा पनि नेकपाका महासचिव विप्लवले बैठकमा विषय उठान गरेर तत्काल हल गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका थिए । केही समयपछि संयुक्त विद्यार्थी संगठनहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेट गरि तत्काल शुल्क वृद्धि खारेज गर्न निर्देशन दिन सुझाव दिएका थिए । त्यस लगत्तै दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुन: २ छुट्टाछुट्टै बैठक सुरु थियो । पहिलो चरणको बैठक त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, डीन र प्रधानमन्त्रीबिच भएको थियो भने दोस्रो चरणमा प्रधानमन्त्री र संयुक्त विद्यार्थी संगठनका नेताहरुको बिचमा छलफल भएको थियो । उक्त छलफलमा प्रधानमन्त्रीले त्रि वि पदाधिकारीलाई शुल्क फिर्ता लिन निर्देशन दिएका थिए । साथै प्रधानमन्त्रीले पुन: एक पटक त्रि वि पदाधिकारी र विद्यार्थी संगठनहरुबिच बसेर टुंगो लगाउन सुझाव दिएका थिए ।
त्यसलगत्तै छलफलको लागि विद्यार्थी संगठनका नेताहरू त्रि वि उपकुलपति कार्यालय कीर्तिपुर पुगेका थिए ।उपकुलपति कार्यालयमा छलफल गर्ने भनेर विद्यार्थी नेताहरु लामो समय पर्खेर बस्दा पनि त्रि वि पदाधिकारीहरु उपस्थित नभएपछि विद्यार्थी नेताहरु त्रि वि पदाधिकारीहरु भएको स्थानमा गएर तुरुन्त बैठकमा आउन भन्दै विद्यार्थी नेताहरूले लिएर आएका थिए।


लामो छलफल पछि ५ बुँदे सहमति गर्दै वार्ता टुंगिएको थियो ।
वार्ता सफल भएपछि समाजवादी मोर्चा नेपाल निकट विद्यार्थी नेताहरू प्रकाश सी, पञ्चा सिंह, रमेश यादव, आरती लामा अनशन स्थल पुल्चोक ललितपुर पुगेर अनशनमा रहेका नेताहरुलाई जुस खुवाएर अनशन तोडाएका थिए ।
अनशन तोडिसकेपछिको कोणसभालाई सम्बोधन गर्दै अनशन बसेका अखिल (क्रान्तिकारी) का उपाध्यक्ष केशव रावलले विद्यार्थी आन्दोलनको बिजय भएको बताए । उनले विद्यार्थीको न्यायको निम्ति मृत्यु स्विकार्न तयार रहेको बताए ।

यस्तै अनशन बसेका अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेम सीले सत्यको बिजय भएको बताए । आफुहरु सत्यको पक्षमा उभिएकोले आज बिजय प्राप्त गरेको बताए ।
पत्रकारहरुको जिज्ञासामा छोटो प्रतिक्रिया दिदै अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश सीले विद्यार्थी आन्दोलनले गौरवमय विजय प्राप्त गरेको र संयुक्त विद्यार्थी आन्दोलनबाट शैक्षिक माफिया तथा दलालहरुले घुँडा टेक्न बाध्य भएको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।