५ जेष्ठ २०८१, शनिबार

अमेरिकाको ५० अर्बमा नेपाल दास हुन सक्दैन : विप्लव सी

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले अमेरिकी साम्राज्यवादको ५० अर्बमा नेपाल दास हुन नसक्ने बताएका छन्  ।
महसचिव विप्लवले बुधबार साँझ एक सञ्चारमाध्यमसँगकाे कुराकानीमा साम्राज्यवादको ५० अर्बमा नेपाल दास हुन नसक्ने वरबताएका हुन् ।
उनले भने, “५० अर्बमा देशलाई सौदावाजी गर्न मिल्दैन । देश र जनतामाथि घात गर्न मिल्दैन । नेपालका दलालहरुका विदेशमा लुकाएको एक जनाकै पैसा ५० अर्ब होला । नेपालको लुकाएको सम्पति खोज्नुपर्छ । नेपालमाथि गिद्धेनजर लगाउने योजनामा आएको पैसा लिनु हुँदैन ।”
उनले नेपाल पैसाको गरिब देश नभएको भन्दै केही दलालहरुको गरिब र दरिद्र मानसिकता मात्र भएको दाबी गरे ।
 महासचिव विप्लवले नेपाललाई सिक्कीम बनाउन खोज्ने केही लेण्डुप दोर्जेहरु जन्मिएको बताउदै उनीहरुलाई जनताले समयमै चिन्नुपर्ने बताए ।
उनले एमसीसी नेपाली जनताले कुनै पनि हालतमा स्वीकार नगरेको दाेहाेर्याए ।
उनले भने, “एमसीसीलाई नेपाली जनताको बीचमा निर्णय गर्न दिनुपर्थ्याे । दलालहरुको हिम्मत भए एमसीसी ठिक वा बेठिक भन्नेबारे  जनमत संग्रह गर्नु पर्थ्याे । केही संसदमा भएका दलालहरुले मात्र निर्णय गरेर जनताले मान्दैनन् । यो नेपालमा लागु हुन सक्दैन ।”
महासचिव विप्लवले सुरुसुरुमा विरोध गर्ने नेपालका नेताहरुपछि रातारात एमसीसीको पक्षमा बाेल्दा आफू अच्चमित भएको र नेपाली जनताले उनीहरुलाई राम्रोसँग चिनेको बताए ।
उनले नेपालमा कुनै पनि हालतमा एमसीसी कार्यान्वयन हुन नसक्ने र एमसीसीले किनेको जमिनमा सुकुम्वासी तथा वाढी पीडितहरुलाई बसाल्ने चेतावनी दिए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।