२ जेष्ठ २०८१, बुधबार

सहिद स्मृति पार्क विकास समिति गैडहवाको १३ औं वार्षिक साधारणभेला सम्पन्न

0

बुटवल: गैडहवा सहिद स्मृति पार्क विकास समितिको १३ औं वार्षिक साधारणभेला शनिबार गैडहवा-४ मा रहेको पार्क परिसरमा सम्पन्न भएको छ ।
भेलाको उद्घाटन गर्दै पार्क संरक्षक तथा परिकल्पनाकार वसन्त सीले सहिद सबैका साझा सम्पत्ति भएको बताउँदै सहिदहरुको सम्मानमा निर्मित पार्क इतिहासको प्रतिबिम्बन भएकोले त्यसैले यसको रक्षा र विकासमा लाग्नु सबैको दायित्व रहेको उल्लेख गरे ।
नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो समेत रहेका उनले राणा शासनदेखि आजसम्मका हरेक मुक्ति आन्दोलनमा देशभक्तहरुले बलिदान गर्नुपरेको स्मरण गर्दै उनीहरुको बलिदानीलाई भुल्न नहुने बताए ।
भेलाको प्रमुख अतिथि रहेका नेता वसन्त सीले पार्कको संरक्षण र विकासका लागि स्थानीय सरकार तथा जनसमुदाय समेत लाग्नुपर्नेमा जोड दिए ।

यस्तै उक्त कार्यक्रम विशिष्ट अतिथि वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र कुर्मीले पार्कको संरक्षणमा सहकार्य गर्दै सक्दो सहयोग गर्ने बताए ।
सुर्य अधिकारीको संचालन हिरा बहादुर रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्यद्वय हस्त बहादुर सावर र चन्द्र बहादुर घर्ति, वडा नं. ४ वडा सदस्य मोहरत पासी, मायादेवि आमा समुह अध्यक्ष धन कुमारी उचै, पूर्व सामुदायिक वनका यम प्रसाद अधिकारी, मन्ठहवा सामुदायिक वनका उपाध्यक्ष राम हर्क बरई, विक्रम यादव लगायतले बोलेका थिए ।

भेलाले हिरा बहादुर रोका क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय पार्क विकास समिति गठन गरेको छ । जसको उपाध्यक्षहरुमा चन्द्र बहादुर घर्ति, रामबृक्ष जैसवाल, सूर्य प्रसाद अधिकारी, बाबुराम मल्ल, सचिवमा दान बहादुर घर्ति, सह-सचिवमा कृष्ण नारायण कुर्मी, कोषाध्यक्षमा मिना सारु र सदस्यहरुमा पूर्णिमा जि.सी, बैजु हरिजन, जय जय राम लोध, रेश्मी मल्ल, प्रेमशिला गुप्ता रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।