१७ बैशाख २०८१, सोमबार

समाजवादी मोर्चा कुनै दलालहरुको षड्यन्त्र, सामन्तवादको खेलबाट भंग हुदैन : विप्लव

0

मकवानपुर: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा कुनै दलालहरुको षड्यन्त्र, सामन्तवादको खेलबाट भंग नहुने बताएका छन् ।
समाजवादी मोर्चाले आइतबार हेटौंडामा गरेको प्रदेश स्तरीय सन्देशसभामा सम्बोधन गर्दै विप्लवले समाजवादी मोर्चा कुनै दलालहरुको षड्यन्त्र, सामन्तवादको खेलबाट भंग नहुने बताउँदै समाजवादी मोर्चा जुनसुकै चुनौतीको सामना गर्न तयार रहेको बताए ।

अहिले नेपाली जनतामा उकुसमुकुस पैदा भएको र नेपाली जनताले लडेर प्राप्त गरेको उपलब्धि फेरि गुम्ने त हैन भन्ने प्रश्न खडा भएको समयमा निर्माण भएको समाजवादी मोर्चाको उद्देश्य महत्वपूर्ण भएको उनको भनाइ छ ।

अहिले सरकारले राम्रो काम गर्न खोज्दा साम्राज्यवादीहरुले घेरा हाल्ने काम भैरहेको भन्दै उनले षड्यन्त्रलाई क्रान्तिद्वारा परास्त गरिने बताए।

https://fb.watch/mZH4MAe1dv/?mibextid=Nif5oz


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।