१० श्रावण २०८१, शुक्रबार

मधेस पनि एमसीसीको विरुद्ध लड्छ : विनोद उपाध्याय

0

       विनोद उपाध्याय, मधेसी बुद्धिजीवी

 

हामी मधेसीहरू भारतको सीमा अतिक्रमण र अत्याचारको विरुद्ध लडेका छौं । एमसीसी नामको अमेरिकी हस्तक्षेपको विरुद्ध पनि लड्छौं । नेपालमा सधैँ जनतन्त्र प्रधान हो भनियो । राष्ट्रियताको विषय उठेन । भित्र राष्ट्रियताको विषय प्रधान बन्नुपर्छ । जनयुद्धमा मधेसले धेरै काम गर्यो । आज पनि गर्छौं ।

एमसीसी परियोजना नेपालको हितमा छैन ।पञ्चायतीकालमा निर्वासनमा छँदा रिक्सा चलाएर पालेका नेताहरूले राष्ट्रघात गरे । हामीले आन्दोलनका सबै मोर्चा खोलेका छौं ।  समाजवादी मोर्चा पनि एउटा हो । यो कार्यनीतिक मोर्चा हो । अब देशमा हामीले देशभक्त ‘देशद्रोही’ दुई जाति मात्र देखेका छौं । हामीले त सी जाति लेखेका छौं । 

एमसीसी भारतमा पनि जान खोजेको थियो । भारतले मानेन/त्यसपछि नेपाल आयो । भुटानी शरणार्थी काण्ड अमेरिकाले नै तयार गरेको हो । आफ्नो नयाँ दलाल रवि लामिछानेलाई स्थापित गर्ने प्रायोजनन गर्यो । तर विश्व शक्ति सन्तुलन मिलेन । गृहमन्त्री, अरु नै गए । मधेसीलाई हेप्नु भएन । सहकार्य गर्नुपर्छ । मधेश एमसीसीको विरुद्ध लड्न तयार छ ।

(२०८० भदौ २३ गते रुपन्देही जिल्लाका चार पार्टीहरूद्वारा आयोजित तथा अनिल विरहीद्वारा प्रस्तुत ‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक अवधारण-पत्रमाथि बुटवलको न्यू एरा होटलको सभा कक्षमा व्यक्त विचारको सम्पादित अंश -सम्पादक)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।