१२ श्रावण २०८१, शनिबार

नेपालको असफलताको मुख्य अन्तरविरोध अमेरिकी हस्तक्षेप : विप्लव

0

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको वर्तमान राज्यव्यवस्था असफलतातिर लैजाने मुख्य अन्तरविरोध फेरिएको बताएका छन् ।
बुधबार कञ्चनपुरमा आयोजित नेकपा सेती तथा महाकाली ब्युरोको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले अहिलेको राज्यसत्ताको मुख्य अन्तरविरोध दलाल पूँजीवादी मात्रै नभएर अमेरिकी हस्तक्षेप रहेको बताएका हुन् ।

प्रमुख अतिथिका रूपमा सहभागी नेकपा महासचिव विप्लवले हिजोको जस्तो एकल रुपमा रहेको दलाल पूँजीवादी मात्रै नेपाली जनताको दुश्मन नरहेको उनले बताए । विप्लवले भने, “पछिल्लो समयमा विभिन्न माध्यमबाट बाह्य हस्तक्षेप बढेको र त्यसमा पनि अमेरिकी साम्राज्यवादी शक्ति बढ्दो रहेको छ ।”
जसरी पनि नेपालका कम्युनिष्टहरुलाई सिध्याउनु पर्छ भन्ने योजनासहित नेपालमा अमेरिका सैन्य शक्ति सहित भित्रिन खोजेको उनले बताए ।
“सहयोगको नाममा एमसीसी परियोजनामार्फत अमेरिका नेपालमा सेना ल्याउन खोज्न लागेको छ र नेपालमा एमसीसी कार्यान्वयन हुन नदिन नेकपाले निरन्तर संघर्ष गर्दै जाने छ, विप्लवले भने ।

कतिपय एनजीओ, आएनजीओको नाममा विदेशी शक्तिले नेपालका जनतालाई विकास र समृद्धिका नारा देखाएर नेपाली जनतालाई निरास बनाउन ठूलो भूमिका खेलिरहेको विप्लवको भनाइ छ । वर्तमान समयमा नेपालको सामाजिक सदभाव बिगार्ने लक्ष्यसहित धर्म र पहिचानको नाममा द्वन्द्व निम्त्याउने खेल भइरहेको पनि उनले बताए । महासचिव विप्लवले अमेरिकी हस्तक्षेप रोक्न, राष्ट्रियताको पक्षमा संघर्ष गर्दै नेपाली विशेषताको समाजवाद स्थापना गर्न समाजवादी मोर्चा नेपालको स्थापना भएको बताए । आगामी दिनमा समाजवादी मोर्चा निरन्तर अगाडि बढ्ने पनि उनको भनाइ छ । अहिले समाजवादी मोर्चालाई अलग गर्नका लागि बाह्य रुपमा षड्यन्त्र भइरहेको छ, विप्लवले भने । देशमा हरेक क्षेत्रमा रहेका भ्रष्टाचार, अनियमितता, घुसखोरी र कमिसन लगायतका समस्याको मूल कारण दलाल संसदीय व्यवस्था रहेको र यसको समाधानका लागि नेपाली विशेषताको समाजवाद स्थापना गर्न अपरिहार्य रहेको उनले बताए ।

राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेकाप पोलिट ब्युरो सदस्य विकल्प सीले गरेका थिए । नेकपा सेती ब्युरो इन्चार्ज भगत सीले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए भने प्रशिक्षणमा सुदुरपश्चिमका सबै जिल्लाबाट नेकपाका कार्यकर्ताको बाक्लो सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।