११ श्रावण २०८१, शनिबार

नेपाल कम्युनिस्ट पार्टी हुम्लाकाे दाेस्राे पूर्ण बैठक सम्पन्न

0

हुम्ला: नेपाल कम्युनिस्ट पार्टी हुम्ला जिल्ला समितिकाे दाेस्राे पूर्ण बैठक सर्केगाड गाँउपालिकामा सम्पन्न भएको छ ।

बैठकले आन्तरिक पार्टी सुढृद गर्ने, बैठक प्रशिक्षण गर्ने,
समाजवादी माेर्चा देशभक्तिसँगकाे छलफल, अन्तरक्रिया र सहकार्य गर्ने तथा एमसीसी विरूद्धकाे संघर्ष गर्ने, हुम्लामा भएकाे भ्रष्टाचार, महङ्गी विरूद्ध जनताहरूकाे सहभागितामा संघर्ष गर्ने र पार्टी नेताकार्यकर्ता र जनता आत्मनिर्भर बनाउन उत्पादनमा कार्यमा जाेड दिने निर्णय गरेकाे छ ।

बैठकमा प्रमुख अतिथिको रुपमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उत्तर कर्णाली व्युराे इन्चार्ज संगम सी, केन्द्रीय सदस्य छितिज, केन्द्रीय सदस्य कृण सी, केन्द्रीय प्रतिनिधिहरू निमार्ण सी, विश्वदिप सी लगायतको उपस्थिति रहेको थियो ।

बैठकको संचालन तथा अध्यक्षता जिल्ला सेक्रेटरी विश्वदिपले गरेका थिए । बैठकमा सम्पूर्ण जिल्ला कमिटी सदस्यहरुले आ-आफ्नाे रिपोर्टिङ गरेका थिए ।

यसैबीच हुम्लामा सर्केगाड गाँउपालिका ४ का नेकपा माओवादी केन्द्रमा लामाे समयदेखि सक्रियता भएर काम गर्दै आएका जग थापा नेकपामा प्रवेश गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।