३ जेष्ठ २०८१, बिहीबार

राष्ट्रिय संकटलाई समाधान गर्ने गरि पार्टीले संघर्ष गरिरहेको छ : सुमनसिंह

0

झापा: नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले देश यतिबेला गम्भीर संकटतर्फ अगाडि बढिरहेकाले यो राष्ट्रिय संकटलाई समाधान गर्नेतर्फ पार्टीको संघर्ष अगाडि बढिरहेको बताएका छन् ।

आज झापाको दमकमा भएको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य राख्दै नेता सिंहले पछिल्लो चरण समाजवादी मोर्चाले नेपाली विशेषताको समाजवादको विषयमा खोज अनुसन्धान र प्रयोग गरिरहेको समेत बताएका छन् ।

पूर्वका जनता र यहाँको मनोविज्ञानलाई एकीकृत गरेर अगाडि बढ्नुपर्ने बताउँदै नेता सिंहले अबको संघर्ष अमेरिकी साम्राज्यवाद र त्यसको हस्तक्षेपका विरुद्ध रहेकाले देश बचाउन र अहिलेको संकट टार्न सबै एकै ठाउँमा उत्रनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।