
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी सम्पर्क साधारण शाखाको आठौं बैठक सम्पन्न भएको छ । शाखा सेक्रेटरी अनिल सीकाे अध्यक्षता बसेकाे बैठकमा संगठनका इन्चार्ज कमानसिंह सीको आतिथ्यता रहेको थियो ।
बैठकमा संगठन विस्तारलाई व्यापक बनाउने, पार्टी केन्द्रले पारित गरेको सङ्घर्षमा अनिवार्य उपस्थित हुनुपर्ने, दलाल, भ्रष्ट, माफिया, समाज विरोधी तत्त्वहरुको विरुद्धमा संगठनले निगरानी राख्नु पर्ने, सम्पूर्ण समिति उत्पादनमा लाग्नु पर्ने, एमसीसी विरुद्धको संघर्षमा सहभागी हुनु पर्ने जस्ता निर्णय भएको छ ।
बैठकमा सम्पूर्ण सचिवालय सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्