११ कार्तिक २०८१, आईतवार

नेकपाद्वारा इजराइलमा मारिएका विद्यार्थीको स्मरणमा दीप प्रज्वलन, नेपालीलाई देश फिर्ताको माग

0

कञ्चनपुर: नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर र सो पार्टीका जवस संगठनद्वारा इजराइल र प्यालेस्टाइन युद्दमा परी मृत नेपाली विद्यार्थीको स्मरणमा दीप प्रज्वलन गरिएको छ । मंगलबार नेकपाले जिल्लाको महेन्द्रनगरमा शोकसभा तथा दीप प्रज्वलन गरेको हो ।

शोक सभामा नेकपा कञ्चनपुर जिल्ला सचिव प्रकाश सीले युद्दमा परी मृत्यु भएका विद्यार्थीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सचिव प्रकाशले हाल इजराइलमा बेपत्ता रहेका विद्यार्थीको यथाशीघ्र उद्दार गर्न र त्यहाँ रहेका अन्य नेपाली नागरिकहरुलाई नेपाल फिर्ता गर्न शीघ्र पहलकदमी लिनुपर्ने बताए । विभिन्न शक्ति राष्ट्रहरूको गलत नीतिका कारण विश्वमा अशान्ति मच्चाउने ढंगले दुई देशबीच गराइएको युद्धको नेकपाले घोर भर्त्सना रहेको बताए । र त्यहाँ मृत्यु भएका नेपाली विद्यार्थीको घर परिवारलाई सम्बन्धित निकायले उचित किसिमको क्षतिपूर्ति दिनुपर्ने समेत उनले बताए ।

शोकसभा तथा दीप प्रज्वलन कार्यक्रममा नेकपा नेताकार्यकर्ता तथा अन्य नागरिकहरुको सहभागिता रहेको थियो ।

प्यालेस्टाइनको लडाकु समूह हमासले इजरायलमा शनिबार गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीहरूको पनि मृत्यु भएको थियो ।

हमासले गरेको आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू थिए । सनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो ।

आज कञ्चनपुरका विभिन्न ठाउँमा मृतक नेपालीहरुको सम्झनामा विभिन्न राजनीतिक दलका संघ संगठनहरुले शोक सभा तथा दीप प्रज्वलन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।