२१ बैशाख २०८१, शुक्रबार

हमासले बन्धक बनाएका दुई अमेरिकी नागरिक आमा छोरी रिहा

0

काठमाडौ । प्यालेस्टिनी विद्रोही समूह हमासले असोज २० गते इजरायलमा आक्रमण पछि बन्धक बनाएका दुईजना अमेरिकी नागरिक आमा छोरी सकुशल रिहा गरेको छ ।

हमासलाई अमेरिकाले आतंककारी समूहको सूचीमा राखि इजरायललाई दमन गर्न उक्साई रहेको बेला उसले आफ्नो बन्दीप्रतिको उच्च सम्मान सहित मानवअधिकारको पालना गर्दै अमेरिकी नागरिक आमा छोरीको सकुसल रिहा गरेको हो ।

रिहा हुनेमा अमेरिकी नागरिक आमा जुडिथ र छोरी नताली रनान रहेको विविसीले जनाएको छ ।

इजरायलको प्रधानमन्त्रीको कार्यालयले निकालेको विज्ञप्तिमा पनि हमासको कब्जाबाट अमेरिकी नागरिक मुक्त भएको जनाएको छ ।

अमेरिकी नागरिकलाई हमासले गाजा क्षेत्रबाटै बन्धकमुक्त बनाएको हो । उनीहरु आफन्त भेट्न त्यहाँ गएको बेला अक्टोबर ७ अर्थात् असोज २० गते हमासको कब्जामा परेका थिए ।

अमेरिकाले समेत हमासले आफ्ना नागरिक रिहा गरेकोमा स्वागत गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले विज्ञप्ति निकालेर दुई अमेरिकी नागरिक रिहा भएको खबरले अत्यन्तै खुशी भएको भन्दै उनीहरुले चाँडै आफन्त भेट्ने बताएका छन ।

अमेरिकी नागरिकलाई बन्धकमुक्त बनाउन समन्वय गरेको भन्दै उनले कतार र इजरायलको सरकारलाई पनि धन्यवाद दिएका छन ।

हमासको यो कदमले हमास विशुद्ध आफ्नो भूमीको लागि संघर्ष गरेको र कुनै धार्मिक तथा अतिवादी आतंककारी शक्ति नभएको पुष्टि भएको छ ।

हमासले अमेरिकी नागरिक रिहा गरेको कुराले अमेरिका समेत इजरायल प्यालेस्टिनी युद्धबाट पछाडि हट्नुपर्ने सम्मको अन्तर्राष्ट्रिय क्षेत्रको ठुलो दबाव सृजना भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।