२२ बैशाख २०८१, शनिबार

अमेरिकी नागरिक रिहा गरेको हमासद्धारा थप दुई जना रिहा

0

काठमाडौं । प्यालेस्टाइनको विद्रोही समूह हमासले अमेरिकी नागरिक रिहा गरेको केही दिनपछि थप दुई जना बन्धकलाई रिहा गरेको छ ।

हमासले इजिप्ट र कतारको मध्यस्थतामा नुरिट कुपर र योचेभ लिफसिट्ज नाम गरेका दुई जना व्यक्तिको रिहा गरेको अन्तर्राष्ट्रिय रेडक्रसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसै महिनाको ७ तारिखमा हमासले भूमिको अधिकारका लागि अप्रत्यासित रुपमा इजरायलमा आक्रमण गर्दै दुई सय २० जनाभन्दा धेरैलाई नियन्त्रणमा लिएको थियो । यसअघि दुई जना अमेरिकी नागरिक आमा छोरीको रिहा गरेको हमासले मंगलवार थप दुई जना रिहा भएको हो ।

कतारले आफ्नो मध्यस्थतामा थप ५० जना बन्धक रिहा गर्न हमास तयार भएको उल्लेख गरेको छ ।
तर हमासले युद्धविराम र गाजामा थप सहायता पठाउने ग्यारेन्टी भएमा मात्रै थप बन्धकहरूलाई रिहा गर्ने अडान लिएको छ ।

तर इजरायलले भने गाजा ध्वस्त पारिने त्यसको लागि हतियारले सुसज्जित सेना तयारी अवस्थामा रहेको जनाएको छ । इजरायलको कदम हेर्दा हमास कुनै आतंककारी शक्ति नभएको र गाजामा आतंक इजरायलले मच्चाएको विश्लेषकहरुले बताएका छन ।

इजरायलले गाजाको ५० प्रतिशत क्षेत्र ध्वस्त बनाइसकेको छ । हमासको आक्रमणबाट इजरायलमा १४ सय जनाको ज्यान गएको छ भने इजरायलले गाजामा गरेको जवाफी कारबाहीमा ५ हजार जनाभन्दा धेरै प्यालेस्टाइनी मारिएका छन् । हिजो एकैदिन इजरायलको आक्रमणबाट गाजामा ४ सय ३६ जनाको ज्यान गएको जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।