२१ बैशाख २०८१, शुक्रबार

भारतको केरला र झारखण्डमा विष्फोट,देशभर उच्च सतर्कता

0

काठमाडौ । भारतको केरला र झारखण्डमा विष्फोट भएको छ । शनिवार विहान ९ः४० बजे केरलाको कोचीमा लगातार तीनवटा विष्फोट भएको छ । विष्फोटबाट एक महिलाको मृत्यु भएको र ३६ जना घाईते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन ।

घटनामा परी घाईते भएका ७ जनाको अवस्था गम्भीर छ । त्यहाँ यहुदी समुदायले गोष्ठीको आयोजना गरेको थियो । करिब २ हजार सहभागी हुने र कार्यक्रम अगाडि प्राथान गर्ने योजना थियो ।

तर १५० वरपर मान्छे जम्मा हुना साथ विष्फोट भएको जनाईएको छ । घटनामा IED प्रयोग भएको भारतीय प्रहरीले बताएको छ ।
उता झारखण्डको राँची स्थित नामकुममा पनि अर्को विष्फोट भएको छ । विष्फोटमा परी एकजना घाईते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।

घटना लगत्तै भारत सरकारले दिल्ली,उत्तरप्रदेश सहित देशभर उच्च सतर्कता अपनाईएको छ । मुम्वईमा पनि निगरानी बढाईएको छ । केही दिन अघि कोचीमा प्यालेष्टिनको समर्थनमा प्रस्ताव पारित गर्दै जुलुस निस्केको थियो । त्यसको जवाफमा शनिवार यहुदीहरुको सेमिनार हुदै थियो । सेमिनार ३ दिन सम्म चल्ने तयारी थियो ।

इजरायलले प्यालेष्टिनी हमासहरुका विरुद्ध गरिरहेको अमानवीय हिंसा र दमनको विरोध तथा प्रतिवाद रुवरुप भारतका विभिन्न शहरमा विष्फोट भएको हुन सक्ने अनुमान गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।