६ जेष्ठ २०८१, आईतवार

आधारभूत पत्रकारिता तालिममा समाचार र उद्घोषक बारे सहजिकरण

0

सुर्खेत । जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशले आयोजना गरेको ५ दिने आधारभूत पत्रकारिता तालिमको दोस्रो दिन समाचार र उद्घोषक बारे तालिममा सहजिकरण गरिएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा जारी तालिममा जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव तथा प्रशिक्षक वसन्त विकले समाचार सम्वन्धि र जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य शोभराज बरालले उद्घोषक सम्वन्धि विषयमा सहजिकरण गरेका हुन ।

भोली पनि बाँकी  सैद्धान्तिक विषयमा तालिममा सहजिकरण हुनेछ । सैंद्धान्तिक विषयमा जानकारी दिएपछि तालिममा अधिकतम अभ्यास गराईने प्रशिक्षकहरुले बताएका छन ।

तालिममा मध्य कर्णाली व्यूरोका सुर्खेत,दैलेख,कालिकोट र दक्षिण कर्णाली व्यूरोका बाँके बर्दिया जिल्लाका झण्डै डेढ दर्जन प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । तालिमबाट दक्ष पत्रकार उत्पादन गर्ने लक्ष्य लिएको आयोजक जनपत्रकार संगठन कर्णाली प्रदेशले जनाएको छ ।

तालिममा नेकपा मध्य कर्णाली व्यूरोका इन्चार्ज विवेक सी,जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरवहादुर विश्वकर्माको समेत सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।