१९ बैशाख २०८१, बुधबार

जनपत्रकार संगठनको विस्तारित बैठक सम्पन्न

चौथो राष्ट्रिय सम्मेलन भदौ ११ र १२ मा हुने

1

काठमाडौं: जनपत्रकार संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन आगामी भाद्र ११ र १२ गते काठमाडौ हुने भएकाे छ। मंगलबार काठमाडौ स्थिति पद्मकन्या क्याम्पसमा सम्पन्न संगठनको केन्द्रिय समितिको विस्तारित बैठकले उक्त निर्णय गरेको हो।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो प्रतिबद्धता ! मानव अधिकारको रक्षा र बैज्ञानिक समाजवादका लागि जनपत्रकारीता !!’ भन्ने नारा सहित संयोजक शेरबहादुर बिश्वकर्माको अध्यक्षता तथा सञ्चालन र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको प्रमुख आतिथ्यतामा भएको बैठकमा नेकपा केन्द्रिय सचिवालय सदस्य सन्तोष बुढा , संगठनका फ्याक्सन इन्चार्ज प्रज्वलन र नेकपा केन्द्रिय सदस्य सुशील वलीको समेत उपस्थिति रहेको थियो।

नेपालको पत्रकारिता आन्दोलन र जनपक्षीय पत्रकारहरुको नयाँ जिम्मेवारी , नेपालको सत्ता राजनितिमा देखिएका संकट र समाजवादी क्रान्तिको भविस्य तथा नेपालको स्वाधिनता माथी बढ्दै गएको साम्राज्यवादी हस्तक्षेप खतराबारे महासचिव विप्लवले विस्तृत रुपमा प्रशिक्षण गर्नु भएको थियो भने अतिथिहरु सन्तोष बुढा र प्रज्वलनले प्रशिक्षण मन्तव्य राखेका थिए।

बैठकले चौथो राष्ट्रिय सम्मेलनका लागि विभिन्न समितिको गठन पुनर्गठन र केन्द्रिय सदस्यहरुको कार्यक्षेत्र समेत हेरफेर गरेको छ। यसैगरी बैठकमा सहभागी केन्द्रिय सदस्यहरूले रिपोर्टिङ गरेका थिए ।

राष्ट्रिय सम्मेलनका लागि भेला सम्मेलन हुन बाँकी जिल्लाहरूमा भेला सम्मेलनहरू गर्ने साथै गण्डकीकाे पाेखरामा ५ दिने पत्रकारिता तालिम सन्चालन गर्ने लगायतका महत्वपुर्ण निर्णय समेत गरिएकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “जनपत्रकार संगठनको विस्तारित बैठक सम्पन्न

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।