६ जेष्ठ २०८१, आईतवार

दाङमा संकलित राहत सामाग्रीसहित राप्ती ब्युरो भूकम्प प्रभावितकाे उद्धार गर्न रुकुम गयाे

0

काठमाडौं: भूकम्प प्रभावितहरुकाे उद्धारका लागि राप्ती ब्यूरो राहत सामाग्रीसहित रुकुम प्रस्थान गरेको छ ।

नेकपा राप्ती ब्यूरो इन्चार्ज सविन सी, पी.वी.एम.असल सी लगायतको टोली उद्धारका दाङबाट संकलित राहत सामग्रीसहित रुकुम प्रस्थान गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङ अन्तर्गत तुलसीपुरले भूकम्प प्रभावितका लागि राहत सामाग्री पठाएको छ ।

नेकपाले आज तुलसीपुरमा राहत सामाग्री संकलन गरि नेकपाका पिबिएम असल सी र पार्टीका राप्ती ब्युरो इन्चार्ज सविन सीलाई भुकम्प प्रभावितका लागि राहत सामाग्री हस्तान्तरण गरेको छ ।

नेकपा पश्चिम दाङले त्रिपाल, कम्बल, म्याटेस, सल, सिरक, डसना, तन्ना, औषधि , लगाउने कपडा लगाएतका राहत सामाग्री भुकम्प पिडितका लागि पार्टीलाई हस्तान्तरण गरिएको नेकपाका केन्द्रीय सदस्य एवम पार्टीका पश्चिम दाङका इन्चार्ज प्रदिप सीले बताए । साथै  सो पार्टीले सहयोग गर्ने व्यवसायि, राहात संकलनमा खटिएका पार्टीका कार्यकर्ताहरुलाई विशेष धन्यवाद समेत व्यक्त गरेको छ ।

नेकपाले भुकम्प पीडितका लागि पार्टीले राहात संकलन अभियानलाई जारी राख्ने र यो दुखद घडीमा सबैलाई सहयोगमा जुट्न अनुरोध  समेत गरेको छ ।

रुकुम प्रस्थान गरेको राप्ती ब्युरोकाे टिमले भोलिबाट उद्धार कार्यमा सहभागी बन्ने जानकारी प्राप्त भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।