१४ बैशाख २०८१, शुक्रबार

नेवा: मुक्ति मोर्चाको आठाैं राष्ट्रिय भेला सम्पन्न, राष्ट्रिय स्वाधीनताको संघर्षमा सम्पूर्ण जनसमुदायहरु एकजुट भएर दृढतापूर्वक उभिनुपर्ने खाँचो

1

काठमाडौं: नेवा: मुक्ति मोर्चा नेपालको आठाैं राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको प्रमुख आतिथ्यतामा भएको भेलाले सुरेन्द्र महर्जनको नेतृत्वमा २३ सदस्यीय नेवा: मुक्ति मोर्चा केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्ष द्वय रत्न महर्जन र राजन श्रेष्ठ, महासचिव बाबुकाजी महर्जन, सचिव ज्ञानेश्वर श्रेष्ठ र कोषाध्यक्ष सन्तोषी महर्जन लगायत २३ सदस्यीय रहेका छन् ।
भेलालाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले राजनीतिप्रतिको सक्रियता कम हुँदा वैदेशिक हस्तक्षेप बढ्ने भएकाले सम्पूर्ण जनसमुदायहरु एकजुट भएर राष्ट्रिय स्वाधीनताको संघर्षमा दृढतापूर्वक उभिनुपर्ने आवश्यकता औल्याए । विगतका आन्दाेलनमा नेवा: समुदायको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गर्दै उनले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि एकीकृत जनक्रान्तिमा पनि नेवा: समुदायको भूमिका महत्त्वपूर्ण हुने बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्ताेष बुढा मगरले नेवा: समुदायको नेपाली आन्दाेलन तथा समाज रुपान्तरणको प्रक्रियामा महत्त्वपूर्ण भूमिकाका बारेमा विस्तृत व्याख्या गरेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा नेवा: मुक्तिमोर्चाका पूर्व केन्द्रीय उपाध्यक्ष बसन्त श्रेष्ठ प्रज्वलनले नेवा: समुदायको इतिहास र आगामी दायित्वका बारेमा प्रशिक्षण मन्तव्य राखेका थिए ।
कार्यक्रममा बधाई मन्तव्य नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला लामा, शुभकामना मन्तव्य श्रमिक समुदाय नेपालका अध्यक्ष रामलाल विश्वकर्मा, नेवा: मुक्ति मोर्चाका पूर्व केन्द्रीय अध्यक्ष तुलसीनारायण महर्जनले राखेका थिए ।

सुरेन्द्र महर्जनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बाबुकाजी महर्जनले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “नेवा: मुक्ति मोर्चाको आठाैं राष्ट्रिय भेला सम्पन्न, राष्ट्रिय स्वाधीनताको संघर्षमा सम्पूर्ण जनसमुदायहरु एकजुट भएर दृढतापूर्वक उभिनुपर्ने खाँचो

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।