१५ बैशाख २०८१, शनिबार

नेकपाको आधिकारिक अनलाइन ‘जनपत्रिका’ संचालनमा आयो

सञ्चार जनताको हितमा काम गर्ने साधन हुनुपर्छ : विप्लव

1

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीको आधिकारिक अनलाइन ‘जनपत्रिका डटकम’ संचालनमा आएको छ । उक्त अनलाइनको उद्घाटन आज सोमबार पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गरेका छन् ।

विप्लवले मानव सभ्यतासँग जोडिएका हरेक गतिविधिको सूचना सम्प्रेषण गर्न सञ्चार प्रविधिले महत्पूर्ण भूमिका खेल्दै आएको बताए । उनले भने, ‘इतिहासमा सञ्चार जनताको हितमा काम गर्ने साधन थियो र अहिले पनि त्यो हुनुपर्छ ।’

मानव पूर्खाले मानवजातिको हितका लागि सूचना र सञ्चारको प्रयोग गरेको साधन आज मानव जातिलाई नै खतरामा पार्ने प्रविधी बन्न थालेको विप्लबले बताए ।
उनले भने, ‘आज हामी देख्छौँ कि पुँजीवादले जनताको सूचना सञ्चारको साधनलाई पनि आफ्नो निम्ति प्रयोग गरेर, आफ्नो लुटको हतियार बनाउने प्रयत्न गरिरहेको छ ।’

२१ औँ शताब्दीमा पुँजीले सञ्चारलाई कब्जा गरि पूँजीको सेवा र शक्तिको परिचालन गर्न जनतामाथि दमन र हैकम जमाउन सञ्चारको गलत प्रयोग भइरहेको महासचिव विप्लवले जिकिर गरे । जनपत्रिका अनलाइनले जनताको हितको रक्षाका लागि तयार हुनुपर्नेमा जोड दिए ।

उद्घाटन समारोह सोमबार काठमाडौंको राष्ट्रीय नाचघर जमलमा भएको हो ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “नेकपाको आधिकारिक अनलाइन ‘जनपत्रिका’ संचालनमा आयो

  1. Congratulations शुभकामना छ नेपाल कम्युनिस्ट पार्टीलाई

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।