६ जेष्ठ २०८१, आईतवार

लब्सिफेदीमा राखिएको सशस्त्र बेस क्याम्प हटाउन नेकपाको माग

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंको लब्सिफेदीमा राखिएको सशस्त्र प्रहरीको बेस क्याम्प हटाउन माग गरेको छ । शनिबार नेकपा उपत्यका व्युरोले प्रेस विज्ञप्ति जारी गर्दै सशस्त्र प्रहरीको बेस क्याम्प र प्रहरीको पोस्ट हटाउन माग गरेको हो ।

नेकपा पोलिब्युरो सदस्य तथा उपत्यका व्युरा ईन्चार्ज कृति सीले शनिबार एक विज्ञप्ति जारी गर्दै एमसीसीका विरुद्धमा लडिरहेका लब्सिफेदीका जनताको भावनामाथि चोट पुग्ने गरी राखिएका पोस्टहरू हटाउन सरकारसँग माग गरेका हुन् । ‘अमेरिकी सहयोग परियोजना एमसीसीको सबस्टेशन राख्ने भनिएको काठमाडौंको लब्सिफेदीमा सरकारले जबरजस्त सशस्त्र प्रहरीको बेस क्याम्प र प्रहरीको पोस्ट राखेको घटनाप्रति हाम्रो गम्भीर रुपमा ध्यानाकर्षण भएको छ ।’, विज्ञप्तिमका भनिएको छ, ‘एमसीसीका विरुद्धमा लडिरहेका लब्सिफेदीका जनताको भावनामाथि चोट पुग्ने गरी राखिएका पोस्टहरू हटाउन हाम्रो पार्टी नेपाल सरकार र स्थानीय प्रशासनसँग जोड्दार माग गर्दछ ।’

शुक्रबार राती भएको झडपमा आफ्ना कार्यकर्तासमेत घाइते भएको विज्ञप्तिमा उल्लेख छ । ‘कात्तिक १ गते राती जनताको स्वस्फूर्त आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका नेकपाका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला ईन्चार्ज क. विजय सी र काठमाडौं जिल्ला नम्बर ३ का सेक्रेटरी क. दिब्य सीमाथि नेकपा (माओवादी केन्द्र) शंकरापुर नगर सचिव किशोर तामाङसहित, दिनेश तिवारी, सुनिल नगरकोटी, सुवास लामाङ, कर्म बल लगायत ११ जनाले गरेको साङ्घातिक हमलाको घोर निन्दा एवम् भ्रत्सना गर्दै घाइते कमरेडहरूको सिघ्र स्वाथ्य लाभको कामना गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।