२६ बैशाख २०८१, बुधबार

अखिल (क्रान्तिकारी) इलामद्वारा अन्तरक्रिया सम्पन्न

0

इलाम: नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) इलामले नेपालको वर्तमान शैक्षिक अवस्था र देशव्यापी पाठ्यपुस्तक अभावको विषयमा सदरमुकाममा एक अन्तर्कृया सम्पन्न गरेको छ । बिहीबार सम्पन्न उक्त कार्यक्रममा विभिन्न शिक्षक संगठन, विद्यार्थी संगठन र स्थानीय अविभावक र विद्यार्थीको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रम अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज विनोद मगरको अधक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरुले शिक्षा क्षेत्रमा देखिएका विकृतिले चिन्तित बनाएको बताएका थिए । उनीहरुले शैक्षिक सुधारको निम्ति सशक्त पहल लिनुपर्ने बताए । सहभागीले अखिल (क्रान्तिकारी) को भूमिका प्रशंसनीय रहेको भन्दै निरन्तर यसरी नै अगाडि बढे साथ दिने बताए ।

अन्तरक्रियाको समापनमा कार्यक्रमका अध्यक्ष विनोदले भने,-`हाम्रो संगठनले विद्यार्थीको हकहित र गुणस्तरीय शिक्षाको स्थापनाका लागि जस्तोसुकै पहल कदमी र संघर्ष गर्न सदैव तत्पर रहेको र संयुक्त विद्यार्थी आन्दोलनको नेतृत्व समेत गर्न तयार रहेको छ ।´

उनले आफ्नो संगठन सडक बाघ भएकोले निरन्तर सडकबाट खबरदारी गर्ने र शैक्षिक विकृति नसच्च्याए शैक्षिक दलालहरुलाई चोकमा ल्याएर कार्बाही गर्ने उल्लेख गरे । उनले आफ्नो संगठनले उठाएको माग पूरा गर्नतर्फ जिम्मेवार पक्षले ध्यान नदिए संघर्षको आधिवेहरी ल्याउने बताएका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य अखिल (क्रान्तिकारी) इलामका विद्यार्थी नेता दिनेश अधिकारीले राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।