११ बैशाख २०८१, मंगलवार

जनताको सत्ता ल्याएरै छाड्नेः विप्लव

0

 

साउन ३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनताको हातमा सत्ता ल्याएरै छाड्ने बताउनु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी ललितपुरको जिल्ला स्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले आफ्नो पार्टी र क्रान्तिलाई असफल पार्न विभिन्न जालझेल षड्यन्त्र भएको भन्दै जनताको हातमा सत्ता ल्याएरै छाड्ने ठोकुवा गर्नु भएको हो ।

महासचिव विप्लवले लुटेरा दलाल ठगहरुले जनतालाई विभिन्न तरिकाले ठगिरहेको भन्दै जनतालाई सत्य कुरा बोलेर विश्वास दिलाउँदै क्रान्तिमा लाग्न प्रेरित गर्न नेता कर्यक्रतालाई निर्देशन समेत दिनु भयो ।

उहाँले आफ्नो पार्टी जनताको बिचमा लोकप्रिय हुँदै गएको भन्दै जनताहरू आफ्ना समस्या र मुद्दाहरू ल्याएर आउने क्रम बढिरहेको बताउनु भयो । उहाँले असोज १ देखी ८ सम्म काठमाण्डौमा हुने पार्टीको राष्ट्रिय महाधिवेशन भव्य रूपमा सम्पन्न गर्नका लागि सम्पूर्ण नेता कर्यक्रतालाई व्यापक तयारीको लागि लाग्न निर्देशन दिनु भयो ।

महासचिव विप्लवले अधुरो क्रान्ति पुरा गर्न एकीकृत जनक्रान्तिको वाटोमा लाग्न भन्दै भ्रष्टाचार, एमसीसी, मानव तस्कर, माफियाका विरुद्ध लड्न र श्रमसिल तथा उत्पादनशील पार्टी बनाउन कार्यकर्तालार्इ निर्देशन दिनु भयो ।

कार्यक्रममा ललितपुर जिल्ला अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपाका सचिवालय सदस्य विषम, केन्द्रीय सदस्य आदर्श, हितमान लगायतका नेताहरूको पनि सहभागीता रहेको थियो । नेकपा जिल्ला सेक्रेटरी ललितको अध्यक्षता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।