१२ बैशाख २०८१, बुधबार

तामाङ मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेला सम्पन्न

0

साउन ४, काठमाडौं । तामाङ मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेला सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य विषमकाे प्रमुख आतिथ्यतामा भएको भेलाले दुर्ग सिं तामाङ (प्रेरक) को नेतृत्वमा २५ सदस्यीय तामाङ मुक्ति मोर्चा केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्ष बि.एस. लामा, महासचिव सलाम सिं लामा, सचिव गुण सिं रुम्बा र कोषाध्यक्ष सुन्दर लामा लगायत २५ सदस्यीय रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि विषमले राष्ट्रिय मुक्ति आन्दोलनमा तामाङ समुदायले निर्णायक भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि एकीकृत जनक्रान्तिमा पनि तामाङ समुदायको भूमिका महत्त्वपूर्ण हुने बताउनु भयो ।

भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इञ्चार्ज माइला लामाले तामाङ समुदायले नेपालको क्रान्तिकारी आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सो समुदायको इतिहास र आगामी दायित्वका बारेमा प्रशिक्षण सहित बधाई मन्तव्य राख्नु भएको थियो ।

एकीकृत जनक्रान्तिका घाइते योद्धा बुद्ध लामा, मगर मुक्ति मोर्चाका केन्द्रीय महासचिव इन्द्रबहादुर मगर र नेवाः मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र महर्जनले शुभकामना मन्तव्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।