२४ बैशाख २०८१, सोमबार

बर्दियामा घरमा आगो लाग्दा ३ बालबालिकासहित ४ जनाको मृत्यु

0

बर्दिया । बर्दियामा घरमा लागो लाग्दा एकै घरका चार जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएकी छन । गम्भीर घाइते भएकी २७ वर्षीया करिष्मा चन्दको जिल्ला अस्पताल बर्दियामा उपचार भैरहेको छ ।

गुलरिया नगरपालिका–४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो ।

आगलागी हुँदा घरमा सुतिरहेका ७ वर्षीय बालक कृष चन्द, १८ महिनाका कार्तिक चन्द, ९ वर्षीया बाललिका मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले जानकारी दिएका छन ।

उनीहरुले चसोबाट बच्न तसलामा बालेको आगोको गोलबाट आगलागी भएको अनुमान गरिएको छ । प्रहरीले घटनाको अनुन्धान गरिरहेको बताएको छ । आगलागी हुँदा घरको एउटा कोठामा पूरै क्षति भएको छ ।

आगलागी कसरी भएको हो ? भनेर जिल्ला प्रहरी कार्यलयमा जानकारी माग्दा घटनाको छानबिन गरि सके पछि मात्रै भन्न सकिने असई माधव खतिवडाले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।