१४ बैशाख २०८१, शुक्रबार

नेकपा सहित ५ कम्युनिस्ट पार्टी र १ मोर्चाद्वारा कार्यगत एकतालाई अगाडी बढाउने उदघोष

0

साउन ५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ५ कम्युनिस्ट पार्टी र १ मोर्चाले कार्यगत एकता कायम रहेको र यसलाई आगामी दिनहरुमा निरन्तरता दिने बताएका छन।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको बैठकले सो निर्णय लिएको बताइएको छ। यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका अध्यक्ष सी.पी. गजुरेल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती, नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी‘शुसिल’ द्वारा जारी संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे घाेषणा गरेका हुन ।

विज्ञप्तिमा भनिएकाे आज २०७९ श्रावण ४ गते हामी ५ कम्युनिस्ट पार्टी र १ मोर्चाको वैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर काठमाण्डौँमा बस्यो । वैठकका निर्णयहरु सार्वजनिक गर्न यो संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ ।

हामी ५ कम्युनिस्ट पार्टी र १ मोर्चाको कार्यगत एकता कायम रहेको र यसलाई आगामी दिनहरुमा निरन्तरता दिने छौँ ।

हामी ५ कम्युनिस्ट पार्टी र १ मोर्चाको भोली अपराह्यन नै वैठक बसी आगामी संघर्षका कार्यक्रमर कार्यगत एकतालाई अरु व्यापक बनाउने विषयमा निर्णय लिइने छ ।

विज्ञप्ति पुर्ण पाठ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।