१५ चैत्र २०८०, बिहीबार

अनैतिक प्रस्ताव राख्ने प्राध्यापकलाई कडा कार्वाही गर्न अखिल (क्रान्तिकारी) को माग

0

साउन ६, पोखरा । विद्यार्थी माथि अनैतिक सम्बन्धको प्रस्ताव राख्ने पोखरा विश्वविद्यालयका प्राध्यापकलाई कडा कारबाही गर्न अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) ले माग गरेको छ ।

पोखरा विश्वविद्यालयको क्षेत्रीय समन्वय समितिका इन्चार्ज तारा सञ्ज्यालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पोखरा विश्वविद्यालयको केन्द्रिय विश्वविद्यालयका प्राध्यापक ढाकाराज पन्तले लामो समय देखि विद्यार्थी माथि समाजिक सञ्जाल मार्फत अनैतीक प्रस्ताव राख्ने गरेको भन्दै यस्तो अनैतीक कार्य गर्न प्राध्यापकलाई कार्यवाहीको माग गरेकाे हाे ।

विज्ञप्तिमा भनिएको छ, पोखरा विश्वविद्यालयको केन्द्रिय विश्वविद्यालयका प्राध्यापक ढाकाराज पन्तले लामो समय देखि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थी माथि समाजिक सञ्जाल मार्फत अनैतीक प्रस्ताव राख्ने गरेको र सो विषय बाहिर आएको खण्डमा राम्रो नहुँने भनि धम्की दिएको कुरा हिजो २०७९ साउन ५ गते बहिर आएको छ । विश्वविद्यालय जस्तो सम्मानित शिक्षालयमा यस्तो किसिमको व्यवहार हुने कुरा दुःखद, खेदजनक र लजास्पद छ।

निज प्राध्यापकलाई यथाशिघ्र कडा कार्वाहीको गर्नको निम्ति हाम्रो संगठन जोडदार माग तथा खबदारी गर्दछ । यदि यो विषयमा बिद्यार्थीलाई धम्काएर डरत्रास देखाएर टालटुल गर्न खोजिएको खण्डमा हाम्रो संगठन चुप लागेर बस्ने छैन । प्रमाणहरु हामी संग सुरक्षित भएकाले हामी त्यसलाई सावजानिक गर्दै अर्को संघर्ष गर्न बाध्य हुने कुरा यसै बिज्ञाप्ती माफत जानकारी गराउन चाहान्छौं ।

विज्ञप्ति पुर्ण पाठ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।