४ बैशाख २०८१, मंगलवार

जनपत्रकारहरुको विधागत प्रशिक्षण आजवाट शुरु

0

साउन ७, काठमाडौं । जनपत्रकार संगठन नेपालले काठमाडौं उपत्यकामा कर्मथलो बनाई काम गरिरहेका जनपत्रकारहरुलाई क्षमता अभिवृद्धिका लागि आधारभुत पत्रकारिता तालिम तथा प्रशिक्षण कार्यक्रम आज बाट काठमाडौंमा शुरु भएको छ ।

जनपत्रकार संगठन नेपाल उपत्यका प्रदेश समन्वय समितिको आयोजनामा काठमाडौ उपत्यकामा विभिन्न मिडियाहरुमा काम गरिरहेका जनपत्रकारहरुको व्यवसायिक र क्षेत्रगत क्षमता अभिवृद्धिका लागि आधारभुत पत्रकारिता तालिम तथा प्रशिक्षण शुरु गरेको हो ।

आमसञ्चार माध्यमहरुको संख्यात्मक वृद्धि भए सङ्गै सञ्चार माध्यमहरुलाई मर्यादित र जिम्मेवार बनाउदै जनपक्षीय मिडियाकर्मिलाई अझ बढी दक्ष र योग्य बनाउन आबश्यक रहेको भन्दै तालिको आयोजना गरिएको उपत्यका प्रदेश संयोजक शोभराज बरालले बताउनु भयो ।

प्रशिक्षण कार्यक्रमको उद्घघाटन संगठनका केन्द्रिय संयोजक शेरबहादुर बिश्वकर्माले क्यानडिल बालेर गर्नु भएको थियो । आजबाट शुरु भएको प्रशिक्षण साउन महिनाका चार ओटै शनिवारमा गरिने छ । आगामी कक्षाहरुमा समाचार लेखन, अनलाईन पत्रकारिता, नेपालको कानुन, सञ्चार माध्यमहरु, सुचनाको हक सम्बधी कानुनी, संबैधानिक प्रावधान, फोटो पत्रकारिता तथा अन्य पत्रकारिता सम्बन्धि आधारभुत जानकारी गरिने कुरा आयोजकले जनाएको छ ।

प्रशिक्षण कार्यक्रमको अध्यक्षता उपत्यका प्रदेश संयोजक शोभराज बरालले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन संगठनका केन्द्रीय सदस्य साहास भट्टले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।