१७ बैशाख २०८१, सोमबार

सहिद स्मृति विधागत सांस्कृतिक प्रशिक्षण सुरु

0
साउन ७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट सामना सांस्कृतिक परिवारले सहिद स्मृति विधागत सांस्कृतिक प्रशिक्षण कार्यक्रम सुरु गरेकाे छ ।
 
शनिबार ललितपुरको हात्ती वनमा देशैभरिबाट विभिन्न विधाका कलाकारहरूको उपस्थितिमा नृत्य, गायन, वाद्यवादन र नाट्य लगायतका विधामा प्रसिक्षण शुरू भएको हाे ।
 
प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य विषमले जनयुद्धकालमा क्रान्ति अगाडि बढाउन कलाकारले खेलेको भूमिकाको स्मरण गर्दै वर्तमान समयमा अझ नयाँ ढंगले अगाडि बढ्नु पर्ने सुझाव दिनु भयो ।
 
उहाँले प्रशिक्षण कार्यक्रमले कलाकारको क्षमता विकास गर्ने र अगामी सांस्कृतिक आन्दोलन थप प्रभवकारी हुने विश्वास समेत  व्यक्त गर्नु भयाे ।
 
प्रशिक्षण कार्यक्रममा अखिल नेपाल संस्कृतिक महासंघका केन्द्रिय अध्यक्ष एवम् नेकपाका केन्द्रिय सदस्य माइला लामा, नेकपाका केन्द्रिय सदस्य आदर्श लगायतकाे आतिथ्यता रहेकाे थियो ।
 
१५ दिन सम्म चल्ने प्रशिक्षण कार्यक्रमको सामना सांस्कृतिक परिवारका संयोजक आरोहकाे अध्यक्षतामा रहेको थियो भने  कर्यक्रमको सञ्चालन नहकुल क्षेत्रीले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।