१४ बैशाख २०८१, शुक्रबार

विदेशी हस्तक्षेप विरुद्ध देशभक्तहरुको बृहत् मोर्चा आबश्यकः शिलु

0

साउन ७, पोखरा । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रिय सदस्य तथा कास्की- गोर्खा जिल्ला इन्चार्ज शिलुले मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपको खतरा विरुद्ध सम्पुर्ण देशभक्तहरुको बृहत मोर्चा निर्माण गरि लड्न आवश्यक रहेको बताउनु भएकाे छ ।

शनिबार पोखरामा पार्टीको २४ औं पुर्ण वैठकलार्इ सम्बोधन गर्दै नेत्री शिलुले हाम्रो स्वतन्त्रता र सार्वभौम सत्ताको रक्षाका लागि देशलाई माया गर्ने सम्पुर्ण देशभक्तहरुको मोर्चा निर्माण अहिलेको प्रमुख आवश्यकता रहेको बताउनु भएको हो ।

उहाँले देशमाथी निरन्तर विदेशी हस्ताक्षेप, भ्रस्टाचार, महङ्गी, बढिरहेको बेला संसदवादीहरु सत्ता र शक्तिको भागबन्डा अनि लुटमा तल्लीन रहेको आरोप लगाउनु भयो । उहाँले यी र यस्ता समग्र स्थितिबाट निकास खोज्न आफुहरुले बैज्ञानिक समाजवादको कार्यक्रम आगाडी सारेको र त्यसका लागि लडि पनि रहेको बताउनु भयो ।

बैठमा जिल्ला सल्लाहकार पुस्प र किसानको समेत सहभागिता रहेको थियो । वैठकको अध्यक्षता र सञ्चालन जिल्ला सेक्रेटरी काजि गुरुङले गर्दै पार्टी केन्द्रिय समितिको सर्कुलर समेत वाचन गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।