१४ बैशाख २०८१, शुक्रबार

४४औं पुष्पलाल स्मृती दिवसमा जनगायकले गरे सङ्गीत समर्पण कार्यक्रम

0

साउन ७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवसको अवसरमा शनिवार जनगायकहरुले संगीत समर्पण कार्यक्रम गरेका छन ।

काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको नेपाल पर्यटन बोर्डको हलमा भएको कार्यक्रममा प्रगतिशील जनगायकहरुको साँझा मञ्च सङ्गीत अभियात्राको आयोजनमा भएको कार्यक्रममा विभिन्न साङ्गीतिक प्रस्तुतिहरू सहित संगीत समर्पण कार्यक्रम गरिएको हो ।

नेता पुष्पलाल श्रेष्ठ नेपाली कम्युनिष्ट आन्दोलनका एक इमान्दार नेता मानिनु हुन्छ उहाँको सम्मानमा विभिन्न कम्युनिष्ट पार्टी र तीनका जनवर्गीय संगठनहरुले विभिन्न् कर्यक्रम गरी स्मरण गरेका छन।

कार्यक्रमा उपस्थित विभिन्न पार्टीसंग आवद्ध कलाकारहरूले एउटै मञ्चबाट जनवादी गीत गाएका थिए। कलाकारहरूले एक पटक फेरी देशमा सांस्कृतिक आन्दोलनका माध्यमबाट समाजवाद स्थापना गर्न देशै भरी आन्दोलनको अदिबेरी ल्याउन आवश्यकता रहेको औंल्याएका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।