१४ बैशाख २०८१, शुक्रबार

नेकपामा प्रवेशको लहर चल्यो,एकैदिन एक सय भन्दा बढीले गरे नेकपा विप्लवमा प्रबेश

0

श्रावण ७ काठमाडौं । नेकपा एमाले लगाएत अन्य विभिन्न पार्टीहरू छोडेर एक सय भन्दा बढीले नेकपामा प्रवेश गरेका छन् ।

नेकपाको भातृ संगठन जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समितिद्वारा शनिबार भक्तपुरको लोकन्थलीमा आयोजित ध्रुविकरण कार्यक्रममा प्रदिप रोका (रामेछाप), टेकराज बाटी (ओखलढुङ्गा) र इमरान माझी (काभ्रे) को नेतृत्वमा उनीहरुले प्रवेश गरेका हुन् ।

जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रिय अध्यक्ष रत्न मगरको अध्यक्षतामा भएको ध्रुवीकरण कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि भरत बम क. रणवीर ले क्रान्ति र कम्युनिष्ट को विश्वासिलो केन्द्र भनेको नेकपा मात्रै रहेको बताए । उनले भने “अहिलेको संसदीय सत्तालाई पल्टाउन सम्पूर्ण परिबर्तनकामी युवाहरूको मुख्य भूमिका हुने छ,समाजवादी क्रान्तिको मोर्चामा एकृकीत भई वैज्ञानिक समाजवाद स्थापनाको लागि लड्न चाहने युवा हरु नेकपामा ध्रुवीकृत भइरहेको उनले बताए । उनले थपे “नेपालमा समाजबादी क्रान्ति, बास्तविक जनताले खोजेको परिबर्तन र त्यसको एजेण्डाहरुलाइ अगाडि बढाउन साथै साच्चिकै जनताले चाहेको श्रमिक वर्गको व्यवस्था स्थापना गर्ने पार्टी भनेको नेकपा रहेको उनको भनाई थियो । देशको स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्ने जिम्मा काधमा बोकेर आउने नवआगन्तुक हरुलाइ बमले स्वागत तथा शुभकामना पनि दिएका थिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु चिरन पुन क. मिलन, क. आधार, अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष नरेन्द्र वि.क., जनसांस्कृतिक महासघंका महासचिव कुशल बोगती, बुद्धिजीवी संगठनका राजेन्द्र रेग्मी, नेकपा का भक्तपुर जिल्ला सेक्रटरी क. विजय  लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।