१५ बैशाख २०८१, शनिबार

कामरेड अन्नपुर्ण होटेलको ५० लाख खोई ?

0

रोल्पा : नेकपा (बहुमत) बनाएर छुट्टिएका सुदर्शनलाई पार्टीको नाममा अन्नपूर्ण होटेलबाट उठाएको ५० लाख चन्दा फिर्ता गर्न नेकपाका केन्द्रिय सदस्य चुडामणि वलीले चुनौती दिएका छन । सुदर्शनले अन्नपुर्ण होटेलबाट उठाएको रकम फिर्ता गर्न पार्टीका महासचिव विप्लबले निर्देशन दिएपछि फिर्ता नगरी पार्टी अलग्याएर भागेको ओलीको आरोप छ ।

स्थानीय चुनावमा भागलिने आकांक्षा बोकेका कन्चन र सुदर्शन एकाएक चुनाव उपयोगको बिरुद्दमा उभिनु नाटक मात्र भएको उनले बताए । उनले भने, ‘सुदर्शन कामरेडले स्थानीय चुनावमा भागलिने बारे सार्बजनिक अभिव्यक्ति दिंदै आएका थिए तर जव आर्थिक प्रश्न उनीमाथि उठ्न थाल्यो, त्यसपछि चुनाव बिरोधि बहाना बनाएर पार्टीबाट अलग भएर भागे, त्यसको गोटी कन्चन कामरेड बन्नु भयो ।’

‘जुन व्यक्तिले स्थानीय चुनाव र प्रत्यक्ष राष्ट्रपति प्रणालीमा आकांक्षा प्रकट गर्दथे तिनै व्यक्तिहरु स्थानीय चुनावको बिरुद्दमा उभिएर पार्टी फुटाउनु नाटक मन्चन मात्रै हो’ आदर्शले भने ।

नेकपाको १२औं पूर्ण बैठकमा स्थानीय चुनाव बिषयमा मत भिन्नता भएपनि अन्तिम निचोड कार्यनीतिक हिसाबले स्थानीय चुनावको प्रयोग गर्ने र एमसीसी बिरोधि, राष्ट्रभक्तहरुलाई सहयोग गरेर जाने निर्णय एकमतका साथ पास भएको ओलीले बताएका छन । उनले भने, ‘नत्र उक्त केन्द्रिय समितिको निर्णय प्रति चित्त नबुझेको भए वा असहमति भए नोट अफ डिसेन्ट लेख्ने अधिकार उहाँहरुमा थियो तर कुनै पनि केन्द्रिय सदस्यले नोट अफ डिसेन्ट नलेखेर एकमतले पास गर्नु भएको थियो ।’

चुडामणि वली ‘आदर्श’ नेकपाका केन्द्रिय सदस्य हुन । उनि स्थानीय चुनावको कार्यनीतिक प्रयोगको बिरुद्दमा खरो रुपमा उत्रिएका थिए । तर चुनाव उपयोग बिषयमा पार्टीको १२औं बैठकद्वारा एकमतले पास भएपछी स्थानीय तहको चुनावमा स्वयम आफैले भाग लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।