११ श्रावण २०८१, शनिबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानसहित पीटीआईका नेताको उम्मेदवारी रद्द

0

काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानको उम्मेदवारी रद्द गरेको छ ।

आयोगले पाकिस्तानमा आउँदो फेब्रुअरी ८ तारिखमा हुन लागेको संसदीय चुनावमा उम्मेदवार बन्न खान अयोग्य रहेको उल्लेख गर्दै उम्मेदवारी खारेज गरेको बीबीसी हिन्दीले जनाएको छ ।

खानसँगै पीटीआईका अन्य उम्मेदवारहरुको पनि उम्मेदवारी अस्वीकृत भएको पीटीआईका कराची अध्यक्ष खुर्रम शेर जमानले ट्वीटरमार्फत् जानकारी दिएका छन ।

चुनावका लागि उम्मेदवारी दर्ता गर्ने हिजो अन्तिम दिन थियो । यसअघि गएको अगस्ट ५ तारिखमा इमरान खानलाई तोशाखाना मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको थियो ।

निर्वाचन आयोगले उनलाई पाँच वर्षका लागि अयोग्य ठहर गरेको छ । खुर्रम शेर जमानले इमरान खानको उम्मेदवारी रद्द गरेको विरोधमा अदालत जाने बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।