१७ बैशाख २०८१, सोमबार

जापान एयरलाइन्सको विमान रनवेमै ठोक्किएपछि आगलागी

0

काठमाडौँ । जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा अवतरण गर्ने क्रममा जापान एयरलाइन्सको एक यात्रुवाहक विमान रनवेमै कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको छ । यो घटना स्थानीय समय अनुसार साँझ ६ बजे हो ।

विमानमा सवार सबै ३६७ यात्रु र १२ चालक दलका सदस्यहरूलाई विमानबाट बाहिर निकालिएको छ ।

जापान एयरलाइन्सको उक्त विमानमा अवतरणका क्रममा रनवेमै जापान कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको समाचार एजेन्सी एनएचकेले सार्वजनिक गरेको छ ।

फिक्स्ड–विंग कोस्ट गार्ड विमानको चालक दलका एक सदस्य सो विमानबाट बाहिर निस्किन सफल भएपनि अन्य पाँच जना भने सम्पर्कविहिन रहेको बताईएको छ ।

एनएचकेका अनुसार दुर्घटनामा परेको कोस्ट गार्डको विमान सोमबार जापानमा गएको शक्तिशाली भूकम्पपछि आपूर्तिहरू पु¥याउन पश्चिमी जापानतर्फ गइरहेको थियो ।

एनएचकेले प्रसारित गरेको फुटेजमा जापान एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएर आगो लागेको देखाइएको छ । एनएचकेले दिएको जानकारी अनुसार उडान नम्बर ५१६ को जापान एयरलाइन्सको विमान होक्काइडोको उत्तरी प्रान्तको न्यू चितोसे एयरपोर्टबाट हानेदा प्रस्थान गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।