६ जेष्ठ २०८१, आईतवार

नेकपाद्धारा नागरिकता लगायतका आवश्यकीय कामहरु गाँउमै पुगेर गर्न सरकारको ध्यानाकर्षण

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले नागरिकता लगायतका आवश्यकीय कागजातहरु सेवाग्राहीलाई गाँउमै पुगेर उपलब्ध गराउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले सुक्रबार देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई एकसाथ ज्ञापनपत्र बुझाउदै सर्वसाधारण जनतालाई नागरिकता बनाउन निकै कठिन हुने गरेको जनाउदै गाँउमै पुगेर नागरिकता लगायतका आवश्यकीय कागजातहरु सेवाग्राहीलाई उपलब्ध गराउन गम्भीर ध्यानाकर्षण गराएको हो ।

नेपाल कम्युनिष्ट पार्टीले ज्ञापनपत्रमा भनेको छ ‘अस्थायी प्रशासनिक कार्यालयहरु स्थापना गरेर हुन्छ जसरी प्रशासनलाई सहज र कम खर्चिलो हुन्छ, त्यसरी नै गाउँमै गएर, टोली खटाएर नागरिकता लगायतका आवश्यकीय कागजातहरु उपलब्ध गर्न, गराउन हाम्रो पार्टी नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यालयको गंभीर ध्यानाकर्ष गराउन चाहान्छ ।’

नेकपाले नागरिकता, परिचय पत्र, पासपोर्ट र जरुरी सिफारिस पत्रहरुका लागि अझै पनि जनता जिल्ला सदरमुकाम र सहायक प्रशासनिक केन्द्रसम्म पुग्न समयको हिसावले १ देखि ३ दिनसम्म लाग्ने र खर्चपर्चको हिसावले दशौं हजार खर्च हुने स्थिति रहेको ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
नेकपाले नाम, थर, ह्रस्व दीर्घ, ठेगाना, साक्षी वसाल्ने, सनाखत गर्ने जस्ता साना कुराले फेरी गाउँ फिर्ता पठाउने र डब्बल तेब्बल खर्चभार बेहोर्नु पर्ने आदि समस्या जनताले भोग्नु परिरहेको जनाएको छ ।

‘जनताले हाम्रो पार्टीसंग यस्तै थुप्रै दुःख पोखिराखेको र गुनासो गर्दै आएको अवस्था छ, यस बारे प्रमुख जिल्ला अधिकारी ज्यूको विशेषरुपले ध्यानाकर्षण गराउन चाहान्छौं’ नेकपाको ज्ञापनपत्रमा उल्लेख छ ।

नेकपाले आवश्यकतामा कुनै पनि समय गाउँ–क्षेत्रका जनतासंगै पार्टी जायज माग लिएर डेलिगेशन आउने जानकारी पनि ज्ञापनपत्रमा गराएको छ ।

 सरकारलाई बुझाईएको ज्ञापनपत्रको पूर्णपाठ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।