१५ चैत्र २०८०, बिहीबार

चार कम्युनिष्ट पार्टीले जनसङ्घर्षको तयारी स्वरूप भोलि पत्रकार सम्मेलन गर्ने

0

काठमाडौंः कार्यगत एकतालाई रणनैतिक संयुक्त मोर्चाको तहसम्म विकास गर्ने प्रतिबद्धता गरेको ४ कम्युनिष्ट पार्टीले जनसङ्घर्षको तयारीस्वरूप भोलि पत्रकार सम्मेलन गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीले भोलि साउन १० गते मंगलबार १२ः३० बजे प्रज्ञा भवन, कमलादीमा आगामी जनसङ्घर्षको कार्यक्रम सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने जानकारी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती, नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशिल’ ले संंयुक्त विज्ञप्ति जारी गरि
दलाल पुँजीवादी राज्य व्यवस्थाले राष्ट्रिय स्वाधिनता, जनअधिकार र जनजीविका क्षेत्रमा चरम संकट पैदा गरेको वर्तमान वस्तुगत अवस्थाको आवश्यकता, जनताको चाहना, आगामी जनसंघर्षको आवश्यकता र चार पार्टीको दायित्वलाई दृष्टिगत गर्दै आगामी दिनमा कार्यगत एकतालाई रणनैतिक संयुक्त मोर्चाको तहसम्म विकास गर्न प्रतिबद्ध भएको उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।