१९ बैशाख २०८१, बुधबार

अखिल (क्रान्तिकारी)द्वारा वृक्षारोपण सम्पन्न

0

श्रावण ९ काठमाडौँ : अखिल (क्रान्तिकारी) शंखरापुर पोलिटेक्निक इन्स्टिच्युट इकाई कमिटिद्वारा आयोजित बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। शंखरापुर नगरपालिका, साँखु स्थित CTEVT को आफ्नै आङ्गिक कलेजको खालिठाउमा छुट्टा छुट्टै प्रजातिका बिरुवाहरु रोपिएको संगठनका जिल्ला संयोजक क. प्रजित बि क ले जानकारी गराउनु भयो। वृक्षारोपण कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष प्रकाश शाही, उपाध्यक्ष नरेन्द्र बिस्वकर्मा, सचिवालय सदस्यहरु, के. स. सदस्यहरु, कलेज इकाईका कमरेडहरु र आम विद्यार्थी र कर्मचारीको लगाएतको विषेश उपस्थिती रहेको थियो। वृक्षारोपण गर्नु पुर्व कोणसभा कार्यक्रममा बोल्दै CTEVT विषेश समिती इन्चार्ज डि बि चन्दले विद्यार्थीको दायित्व पढ्दै पर्यावरणलाई पनि सुरक्षीत राख्नु र त्यसको सम्बन्ध मानव जिवनसंग जोडिएको बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष प्रकाश शाहिले ग्लोबल वार्मिङ्गका कारण ठुलाठुला हिमसृङ्खलाहरु पग्लिदै गरेको र कालान्तरमा अस्तित्व समेत हराउँने र त्यसकोलागि युवा विद्यार्थिहरुले वातावरणलाई संरक्षित गर्नु र भविस्यमा आईपर्ने वातावरणिय चुनौतिलाई सामनागर्न वृक्षारोपण कार्यक्रमले टेवा पुग्ने र बिश्वभरिमै यी र यस्ता कार्यक्रमहरु गर्नुपर्ने बताउनुभयो। उक्त कार्यक्रमको संचालन इकाई अध्यक्ष प्रसुराम बस्नेतले गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।