५ जेष्ठ २०८१, शनिबार

पार्टीलाई जनताको घरदैलोमा पुर्याउनु पर्छः बलवान सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बलवान सीले पार्टीलाई जनताको घरदैलोमा पुर्याउनु पर्ने बताएका छन ।

नेकपा पूर्वी कालिकोटको महाबै गाउँ कमिटीको विशेष बैठक तथा प्रशिक्षण कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै जिल्ला इन्चार्ज समेत रहेका बलवानले पार्टीलाई प्रत्येक जनतको घरदैलोमा पुर्याउनु पर्ने बताएका हुन ।

उनले पार्टी जनतासंग जोडिएपछि र जनताको साथ भएपछि मात्र दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न सकिने बताए ।
नेता बलवानले दलाल संसदीय व्यवस्थाको विकल्पमा समाजवादी मोर्चा बनेको र त्यसको माध्यमबाट नेपालमा नेपाली विशेषताको समाजवाद स्थापना गरिने दाबी गरे ।

उनले पश्चगमन र यथास्थितिवादी तथा साम्राज्यवादी षड्यन्त्रका विरुद्ध जनतालाई जागरुक बनाउनु पर्नेमा पनि जोड दिए । बैठकमा पूर्वी कालिकोट जिल्लाका सेक्रेटरी रमेश सी,खाँडाचक्र नगरपालिकाका इन्चार्ज विधुत सी,अनेरास्ववियू (क्रान्तिकारी)का जिल्ला अध्यक्ष हस्त सी,नविना लगायतका अभियान टिमको सहभागिता रहेको थियो । बैठकको अध्यक्षता महाबै गाउँ कमिटी इन्चार्च विषम सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।