११ बैशाख २०८१, मंगलवार

यूवा संगठन नेपाल मधेश प्रदेशको वैठक सम्पन्न

युवा संगठन नेपाल मधेस प्रदेश

0

११ श्रावन धनुषा:           नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल मधेस प्रदेशको चौथो पूर्ण बैठक धनुषा जिल्लाको ढल्केवरमा सम्पन्न भएको छ । बैठकमा संगठनका मधेस, प्रदेश इन्चार्ज गोविन्द चन्द क.विवशको अध्यक्षता पार्टी केन्द्रिय सदस्य धनुषा, महोत्तरी जिल्ला इन्चार्ज देवनारायणको प्रमुख आतिथ्यता, संगठनका महासचिव बिदुषीको विशेष आतिथ्यता, अतिथिहरु पार्टीका सर्लाही जिल्ला सेक्रेटरी कमल सुस्लिङ, सर्लाही जिल्ला पूर्व सेक्रेटरी जनक, महोत्तरी जिल्ला सेक्रेटरी तिलक लामा, धनुषा जिल्ला सेक्रेटरी बिमल, अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य प्रमिलाको उपस्थितिमा बसेको बैठकमा युवा संगठन नेपालका सम्पूर्ण जिल्लाका अध्यक्ष, संयोजकको उपस्थिति थियो ।
उक्त बैठकलाई प्रशिक्षण दिदै प्रमुख अतिथि देवनारायणले यो संसदीय व्यवस्था जनताको व्यवस्था नभई दलाल भ्रष्टहरुको व्यवस्था भएकोले यो व्यवस्थालाई जरैदेखि उखेलेर फालेर वैज्ञानिक समाजवाद स्थापना गर्न युवाहरुको महत्त्वपूर्ण भूमिका हुने बताए । अहिले पछिल्लो चरणबाट केही फोहोर चिज बाहिरीएको र पार्टी एकदम जुझारु, स्पातिलो र बलियो भएको जिकिर गरे । युवाहरुलाई नआत्तिएर ढुक्कसँग पार्टी र संगठनको काममा लाग्न आह्वानसमेत गरे ।
त्यसैगरी युवा संगठन नेपालका महासचिव बिदुषीले युवाहरूलाई प्रशिक्षण दिदै भनिन् युवा भनेका त्यस्ता युवा हुनुपर्छ जुन संसार बदल्ने सपना देख्नु पर्छ । एउटै घेराभित्र कैद हुनुहुँदैन । हामीले विद्रोह गर्नुपर्छ, जनतालाई मुक्तिको बाटोमा अगाडि बढाउनु पर्छ । युवा नै त्यो शक्ति हो जुन शक्तिले संसारलाई उलटपुलट गर्न सक्छ ।
बैठकमा उपस्थिति अन्य अतिथिले पनि आफ्नो भनाई राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।