१५ चैत्र २०८०, बिहीबार

सेक्युरिटी मजदुर संघको भेला सम्पन्न

0

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन अखिल क्रान्तिकारी सेक्युरिटी मजदुर संघको विशेष भेला सम्पन्न भएको छ । भेलाको कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा संगठनका फ्र्याक्सन इन्चार्ज चिरण पुनले माओले जसरी आफ्नो घोषणा पत्र मै मजदुर वर्गको हक अधिकार सुनिश्चित गर्नका लागि मजदुरहरु नै सङ्घर्षमा उत्रनु पर्ने बताए ।
जसको आधार नै श्रमिक नै भएकाले अबको एकीकृत जनक्रान्तिलाई टेवा पुग्ने समेत बताए । जसका लागि २१ वटै पेशागत मजदुर संघको झण्डा मुनि गोलबन्द हुँदै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आन्दोलनलाई नयाँ उचाईमा उठाउनु पर्नेमा जोड दिए ।
महासंघका अध्यक्ष श्याम सेन्चुरीले भने जब उत्पीडकहरु उत्पीडितमाथि उत्पीडन गर्दछन् तब उत्पीडितहरु लड्न जरुरी ठान्दछन्, दर्शनबारे सोच्नुभन्दा पहिले निकास खोज्नेतिर लाग्दछन् । जब जनताले पहिलो कदम चालेर अघि बढे तब मात्र माक्र्सवाद–लेनिनवाद जन्मियो र तिनीहरुले दर्शनशास्त्र पत्ता लगाए हामी यसरी नै गुज्रेका छौं । जसका कारण वर्गसंघर्षमा भाग लियौं जो प्रचण्डले धोका दिएको आन्दोलनलाई नेकपाका महासचिव विप्लवले उठाएको वर्गसंघर्ष अहिलेको आवश्यकता हो । अबको मजदुर आन्दोलनको दृष्टिकोणमा नै विकास गर्न नसक्दा कार्यननीतिको प्रश्नको विषय बनाएर गोलचक्करमा फसेर पलायन समेत भए । हाम्रो संगठनले पुरानो अन्तरविरोधको सहि विचारलाई रक्षा गर्दै वर्तमान परिवेशलाई पक्ड्दै विकास गर्न जरुरी छ ।               
कार्यक्रममा विशाल सुब्बाले पनि शुभकामना मन्तव्य राखेका थिए । स्व कार्यक्रममा स्वागत मन्तव्य नीर बहादुर भुजेल र सन्चालन हिरा शाहीले गरेका थिए । नवनिर्वाचित कमिटीलाई अबिर मालाले स्वागत गर्ने कार्य प्रमुख अथितिले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।