२ जेष्ठ २०८१, बुधबार

नेकपाको अदालत जनता हो, संसदीय बुर्जुवा अदालतको आदेश मान्दैनौः प्रकाण्ड सी

0

काठमाडौं । नेपाल कम्युनिष्ट पाटीका प्रवक्ता प्रकाण्ड सीले नेकपाको अदालत नेपाली जनता मात्र भएको भन्दै वुर्जुवा संदवादी व्यवस्थाको अदालतको आदेश नेपाल कम्युनिष्ट पार्टीले नमान्ने चेतावनी दिएका छन ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले बुधवार एपी वान टेलिभिजनलाई दिएको एक अन्तरवार्ताका क्रममा नेकपाको अदालत नेपाली जनता मात्र भएको र वुर्जुवा संसदीय व्यवस्थाको अदालत नभएकाले आदेश नमान्ने चेतावनी दिएका हुन ।

उनले ३ बुँदे सहमति उल्लंघन गरेर काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेश देश र जनताका विरुद्ध भएको बताए ।
उनले भने ‘अदालत राज्यको अंग हो, राज्यको होल नेतृत्व सरकारले गर्छ, सरकारको निर्णय अदालतले मान्नु पर्छ । काठमाडौं जिल्ला अदालतले निर्णय नमानेर ३ बुँदे सहमतिको उल्लंघन गर्यो ।’

‘३ बुँदे सहमति नदेख्ने अदालतका न्यायधीसहरु के अन्धा छन ?’ प्रवक्ता प्रकाण्डले प्रश्न गर्दै भने ‘३ बुँदे सहमतिको नोटिस कि त अदालतले सरकारसंग माग्नु पर्यो कित सरकारले अदालतलाई दिनुपरयो । तर उल्लंघन गरेर पक्राउ पूर्जी जारी गर्न पाईदैन ।’’

उनले नेपाल कम्युनिष्ट पार्टी र नेतृत्वको विरुद्ध ज्ञानेन्द्र शाहीलाई नबोल्न र वोलेको कुरा सच्चाउन नेकपाले आग्रह गरेको भन्दै ३ बुँदे सहमतिको खिलाममा कोही पनि जान नपाईने चेतावनी दिए ।

उनले देशलाई द्धन्द्धतिर धकेल्न र फेरी परिवर्तनका विरुद्ध जाने शक्तिहरुले ३ बुँदे सहमति विरुद्ध बोल्ने गरेको आरोप लगाए । प्रवक्ता प्रकाण्डले जनयुद्ध र जनआन्दोलनको मर्म अनुसार अहिले संसदवादी शक्ति नगएको भन्दै नेपालको संकटपूर्ण राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवादबाट मात्र हुने दावी गरे ।

उनले एमाले र कांग्रसे लगायतका सबै शक्तिलाई समाजवादी मोर्चामा आउन आग्रह गर्दै देश बर्वादिको दिशाबाट बचाउन अपिल गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।