१७ बैशाख २०८१, सोमबार

अखिल (क्रान्तिकारी) बैतडीको १० औं सम्मेलन सम्पन्न, अध्यक्षमा हिरु सी

0

बैतडी: नेपाल कम्युनिस्ट पार्टीका निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बैतडी जिल्लाको १० औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार भएको सम्मलेनले नरेश जोशीको नेतृत्वमा २७ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्मेलन समापन भएको हो ।

सम्मेलनले अध्यक्षमा हिरू सी, उपाध्यक्षमा वीरबहादुर सी, सचिवमा पारस सी, सहसचिवमा राजेन्द्र सी र कोषाध्यक्षमा निर्मला सीसहित २७ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

सुरेन्द्र सीको अध्यक्षतामा भएको उक्त सम्मेलनमा प्रमुख अथिति नेकपा महाकाली ब्युरो इन्चार्ज समर सी, अतिथिहरुमा अखिल (क्रान्तिकारी) केन्दीय सचिव प्रकाश सी, अखिल (क्रान्तिकारी) महाकाली ब्युरो इन्चार्ज शंकर सीलगायत अन्य विद्यार्थीहरू सहभागी रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।