१७ बैशाख २०८१, सोमबार

महासचिव विप्लवद्वारा सी उद्योगको उद्घाटन, जनतालाई उत्पादनसँग जोड्न पर्नेमा जोड

0

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय उत्पादन विभागद्वारा सञ्चालित व्यवसायिक योजनसहितको सीप विकास तालिम कार्यक्रमको समापनसहित सी उद्मोग उद्घाटन कार्यक्रम कपिलवस्तुमा सम्पन्न भएको छ । उद्योगको महासचिव विप्लव सीले उद्घाटन गर्नु भएको हो ।


विप्लवले उत्पादनमार्फत नेपाली जनताका तमाम समस्या हल गर्नुपर्ने जिकिर गर्नुभएको छ ।
उत्पादन प्रणालीमार्फत वैदेशिक रोजगारीका दर घटाउन पहल गर्नुपर्ने भन्दै महासचिव विप्लवले राज्यको नितिले समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले पार्टीको उत्पादन नीतिले आफू प्रभावित भएको बताएका थिए । विजय सीको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन दिनेश सीले गर्नुभएको थियोे । कार्यक्रममा प्रशिक्षकको रुपमा सन्दिप सापकोटा र प्रकाश अधिकारी रहनुभएको थियोे । नेकपा केन्द्रीय उत्पादन विभागद्वारा माघ १२ देखि सञ्चालन गरिएको तालिम १६ गतेसम्म पार्टी केन्द्रीय कार्यलयमा कपिलवस्तमा सञ्चालन गरिएको थियोे ।


कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र
प्रशिक्षकहरुलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरियो थियोे ।
कार्यक्रमका विशिष्ट अतिथि नगर प्रमुख अजय थापालाई सोही ठाउँमा उत्पादन गरिएको उपहार फिनेल, हार्पिक, ह्यान्ड वास ल, डिस वास, कोलिन प्रदान गरिएको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।