१ चैत्र २०८२, आईतवार

नेपाल कम्युनिस्ट पार्टी दैलेखकाे चौथाे पूर्ण बैठक सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी दैलेखकाे चौथाे पूर्ण बैठक बिहीबार सम्पन्न भएकाे छ । दैलेख बजारमा सम्पन्न बैठकका प्रमुख अतिथि नेकपा केन्द्रीय समिति सदस्य तथा सुर्खेत दैलेख जिल्ला इन्चार्ज एटम बिसीले मुलुककाे राष्ट्रियता संकटमा परेकाे उल्लेख गर्दै देशलाई बचाउन राष्ट्रिय स्वाधिनताकाे आन्दाेलन गर्नुपर्ने बताउनु भयाे । दलालहरुले देशलाई युक्रेन, श्रीलंका बनाउन खाेजेकाेमा उहाँले जाेड दिनु भयाे । राष्ट्रघाती एमसीसी सम्झौता, एसपीपी सम्झौता खारेजी गर्न र भ्रष्टाचार, महँगी, विरुद्ध आफुहरु निरन्तर संघर्ष गरिरहेकाे भन्दै याे व्यवस्था अन्त्य गरेर वैज्ञानिक समाजवादी व्यवस्था आएपछि मुलुकका सबै समस्याकाे समाधान हुने बताउनु भयाे । जिल्ला सेक्रेटरी कलम विक (दिपेन्द्र) काे अध्यक्षतामा बसेकाे बैठकमा युवा संगठन नेपालका केन्द्रीय सदस्य गाेविन्द अतिथि रहनु भएकाे थियाे ।बैठकले आगामी असाेजमा काठमाडौंमा सम्पन्न हुने ऐतिहासिक नवौँ माहाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नकाे लागि वडा, गाउँ, नगरका भेला/सम्मेलन गर्नुका साथै आगामी भदौ १८ गते तेस्रो जिल्ला सम्मेलन गर्ने निर्णय गरेकाे छ । एमसीसी, एसपीपी, राष्ट्रघाती नागरिकता विधेयक, भ्रष्टाचार र महँगी विरुद्ध संघर्ष गर्ने, नवौँ माहाधिवेशनकाे प्रचारप्रसारका कामहरु तिव्र बनाउने निर्णयहरु गरिएकाे जानकारी जिल्ला सेक्रेटेरी कलम विकले दिनु भयाे । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।