१२ बैशाख २०८१, बुधबार

जनयुद्ध र एकीकृत जनक्रान्तिका सहिदहरूको सम्झनामा वृक्षारोपण कार्यक्रम सम्पन्न ।

नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलालीले वृक्षारोपण ।

0

  १३ श्रावण धनगढी:  क.विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलालीले वृक्षारोपण कार्यक्रम गरेको छ।महान जनयुद्ध र एकीकृत जनक्रान्तिका सहिदहरुको सम्झनामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष क.दिनेशको प्रमुख आतिथ्यमा कैलालीको लम्कीचुुहा १ स्थित मातृभूमि सामुदायिक वन समुहको प्राङ्गणमा वृक्षारोपण गरिएको हो।कार्यक्रममा १ सय ५० ओटा विभिन्न जातका रूख बिरुवा वृक्षारोपण गरिएको युवा संगठन नेपालका केन्द्रीय सदस्य पुष्प भट्टले बताए। वृक्षारोपण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी लम्कीचुहा नगर इन्चार्ज दिलबहादुुर साउँद,बर्दगोरीया गाउँसमिती इन्चार्ज बिनीता मल्ल, जानकी गाउँसमिति इन्चार्ज सेती, टिकापुर नगर इन्चार्ज जगत, कैलाली जिल्ला कार्यालय सचिव पुर्ण खड्का लगायत दर्जनौं पार्टी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।