१४ बैशाख २०८१, शुक्रबार

नेकपा सिन्धुपाल्चोकद्वारा काेणसभा सम्पन्न

0

राष्ट्रघाती सम्झौता एमसीसी, एसपीपी, महङ्गी, मुल्यवृद्धि र नागरिकता विधेयकको विरुद्ध, तीन बुँदे सहमतिकाे यथाशिघ्र कार्यन्वयन र राजबन्दीकाे रिहाइको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले आज बाह्रबिसे बजारमा काेणसभा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सम्बाेधन गर्दै विशेष कमिटी सदस्य किरण घिमिरेले याे राष्ट्रघाती सम्झौता देशकाे हितमा नभएकाेले तुरुन्त खारेज गर्नु पर्ने बताए । उनलेे भने,-`एमसीसी, एसपीपी सम्झौता देशर जनताकाे हितमा छैन यसलाई खारेज गर्नकाे निम्ति सम्पूर्ण देशभक्त, आम नागरिक एक भएर खारेज गर्नुपर्छ ।´ 

सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग गरेकाे तीन बुँदे सहमति अनुरुप राजबन्दीलाई तुरुन्तै छाेेडनु पर्ने पनि उनलेे बताए । अहिले देउवा सरकारले जनताकाे मर्म विपरित तथा देशलाई घात हुने गरि ल्याएकाे नागरिकता विधेयक खारेज गर्नुपर्ने बताए । उक्त कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सदस्य सुमन, जिल्ला सदस्य जितेन गुरुङकाे पनि उपस्थिति थियाे । कार्यक्रमकाे सञ्चालन जिल्ला सदस्य राजेन्द्र थापाले गरेका थिए ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले पार्टीको ९ औँ महाधिवेशनलाई भव्यतापूर्वक रुपमा मनाउनकाे लागि प्रचारप्रचार गरिरहेको छ । जिल्लाकाे चाैतारा नगरपालिका र बाह्रबिसे नगरपालिका, बलेफी गाउँपालिका र जिल्लाका अन्य पालिकाहरुमा पनि प्रचारप्रचार तिब्र रुपमा अगाडि बढाइएकाे छ ।                     


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।