७ बैशाख २०८१, शुक्रबार

थापाप्रति श्रद्धाञ्जली

नेकपा सत्यवती गाउँपालिकाद्धारा दिवंगत बलबीर थापाप्रति श्रद्धाञ्जली

0

गुल्मी:                नेपाल कम्युनिस्ट पार्टी सत्यवती गाउँपालिकाले वडा नं. २ ठूलो लुम्पेक थुम्का निवासी बलवीर थापाको निधनप्रति दुःख व्यक्त गरेको छ ।
गाउँपालिका इन्चार्ज पुरुषोत्तम अधिकारीले एक वक्तव्य जारी गर्दै ठूलो लुम्पेकको वाम तथा कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै थापाको निधनले पार्टीलाई स्तब्ध बनाएको बताएका छन् ।
वक्तव्यमा थापाले पञ्चायत विरोधी आन्दोलन हुँदै महान जनयुद्ध र एकीकृत जनक्रान्तिसम्म निरन्तर क्रान्तिको पक्षमा रहेर महत्वपूर्ण योगदान गरेको भन्दै उहाँ शैक्षिक र सामाजिक व्यक्ति समेत रहेको उल्लेख छ ।
वक्तव्यमा दिवंगत थापाप्रति पार्टीको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन एवं आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।
मुटु र दमको दीर्घरोगी रहेका थापाको साउन १२ गते पाल्पा मसिन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।