१७ बैशाख २०८१, सोमबार

नेकपा पोखराको महानगर प्रथम भेला सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी पोखरा महानगर प्रथम भेला सम्पन्न

0

 कास्की पोखरा :    नेपाल कम्युनिस्ट पार्टी पोखरा महानगर प्रथम भेला सम्पन्न भएको छ । कास्कीमा सुकुम्बासीको समस्या आगो बनेर फैलिएको बेला जनताका समस्या हल गर्दै आएको पार्टी नेपाल कम्युनिस्ट पार्टी पोखरा महानगर प्रथम भेला (संसारका श्रमजीवी तथा उत्पीडित जनता एकजुट होऔँ, मार्क्सवाद – लेनिनवाद – माओवाद – जिन्दावाद) वैज्ञानिक समाजवाद प्राप्तिका लागि सङ्घर्ष गरौं एकीकृत जनक्रान्तिलाई निरन्तर अगाडि बढाऔँ एकीकृत जनक्रान्ति जिन्दावाद नाराका साथ २०७९ साल श्रावन १४ गते, पोखरामा सम्पन्न भएको हो ।
उक्त समितिले सुकुम्बासी लगाएत सम्पुर्ण उत्पीडित समुदाय अन्यायका विरुद्ध डटेर सर्घष गर्ने निर्णयका साथ भेला आयोजना गरेको हो। कार्यक्रमको अध्यक्षता पोखरा नगर सेक्रेटरी क. सोममायाले ग्रहण गर्नुभएको थियो । भेलामा प्रमुख अतिथिको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवमं कास्की जिल्ला ईन्चार्ज क. शिलु र अतिथि कास्की जिल्ला सेक्रेटरी क. काजी गुरुङको लगायत पार्टिका सम्पुर्ण जिल्ला सदस्य अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रमको सञ्चालन क. महेन्द्र सेवालले गर्नुभएको थियो । उक्त कार्यक्रमको उद्घाटन देशका लागी आफ्नो जीवन समर्पण गर्ने सहिदहरुलाई श्रद्धाञ्ली दिदै प्रमुख अतिथिले मैनबत्ती बालेर गर्नुभएको थियो ।

            स्वागत मन्तब्य क. मिलन परियारले राख्नु भएको थियो भने शुभकामना मन्तब्य युवा संगठन नेपालका कास्की जिल्ला संयोजक क. युवराज, श्रमिक समुदाय मोर्चाका केन्द्रिय सचिव क.उमेस सि.के, कार्यक्रमका अतिथी एवमं नेपाल कम्युनिष्ट पार्टीका कास्की जिल्ला सेक्रेटरी क. काजीले राख्नु भएको थियो। मन्तब्य राख्दै पोखरा महानगरमा बन्ने नयाँ जुझारू टिमलाई अग्रीम शुभकामना दिदै सम्पुर्ण जवस मोर्चा एक भएमा, विचार र दृष्टिकोण एउटै राखे पार्टीले रोजेको बैज्ञानिक समाजवाद सम्मको यात्रा अवस्य पनि पुरा हुन सक्ने बताउनु भयो । प्रशिक्षण मुलक शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथिले अहिलेको समाजमा पढ्दा, काम खोज्दा, व्यापार गर्दा, सुकुम्बासी हुँदा, स्वास्थ्य जाँच गर्दा सबै काम गर्दा राजनीतिको आवस्यकता पर्ने र यो व्यवस्थामा जोसगँ पैसा छ उसले मात्र न्याय, उच्च शिक्षा, स्वास्थ्य उपचार पाउन सक्छ र हामी जस्ता आर्थिक रूपमा कमजोर अथवा राज्यको दुई तिहाईभन्दा बढी जनताले राज्यको सुविधा पाएको हुँदैन । यसैले भ्रष्टचार, कालोबजारीलाई मूलजरा देखिनै काटेर यो दलाल पुँजीवादी राज्यप्रणालीलाई निर्मूल पार्दै बैज्ञानिक समाजवाद, गरिबको सत्ता ल्याउनु पर्ने धारणा राख्नु भएको थियो । पोखरा नगरको कमिटी नगर सेक्रेटरी क.सोममायाको नेतृत्वमा ३१ सदस्यीय कमिटी चयन भएको छ । कमिटी चयन भए लगत्तै जिल्ला सल्लाहकार क.पुस्प, सुकुम्बासी संगठन नेपालका कास्की जिल्ला संयोजक क.कमलले नवनिर्वाचित कमिटीलाई सफल कार्यकालको बधाई शुभकामना मन्तव्य दिनुभएको थियो। कार्यक्रमको सञ्चालन महेन्द सेवालले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।