२२ बैशाख २०८१, शनिबार

नेकपा बुटवल उपमहानगरपालिकाको वडा सम्मेलन सम्पन्न

0

रुपन्देही बुटवल ।
           नेपाल कम्युनिस्ट पार्टी बुटवल महानगर समिति वडा न १३ को वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले राधिका सिंजापति (रेश्मी) को नेतृत्वमा ११ सदस्यीय वडा समिति निर्बाचित गरेको छ ।

             कार्यक्रम प्रमुख अतिथि नेकपा रुपन्देही जिल्ला सदस्य तथा बुटवल महानगर,तिलोत्तमा र सिद्धार्थनगरका इन्चार्ज बिरेन्द्र बिक रहनु भएको थियो । सम्मेलनमा नेकपा रुपन्देही जिल्ला सदस्य तथा बुटवल उपमहानगर सेक्रेटरी एनबी शाही, प्रगतिशील लेखक प्रकाश रानालगायतको उपस्थिति रहेको थियो ।

           उक्त कार्यक्रममा पुराना वाम तथा कम्युनिस्ट नेता प्रेमनारायण भट्टराईलाई दोरसल्ला ओढाएर सम्मान गरिएको थियो । भट्टराई लामो समयदेखि अहिलेसम्म निरन्तर क्रान्तिको पक्षमा रहँदै आउनुभएको छ । नेकपाले जिल्ला सम्मेलन तथा ९ औं महाधिवेशन नजिकिदै गएपछि भेला सम्मेलन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।